मेरो भन्नु मेरो देश

इनेप्लिज २०७३ जेठ २७ गते १:५३ मा प्रकाशित

subash

मेरो भन्नु मेरो देश
बहुभाषी, बहुसंस्कृतिको परिवेश
सानो छ देश तर भूगोल छ अशेष
सगर्व फैलिएको हिमाल पहाड अनि मधेश

मेरो भन्नु मेरो देश
जातजाति होइन संस्कृति हुन् विशेष
मिलिजुली बसौं कोहि नरहोस् शेष
सम्मान गरौँ सबैको, विश्वको शिर मेरो देश

प्रतिक्रिया