शनिबार, असोज ३० २०७८
काठमाडौं १४:२१
वासिङटन डिसी 04:36

वीरगन्जका अधिकांश भाग डुबानमा

इनेप्लिज २०७३ जेठ २६ गते ९:३१ मा प्रकाशित

jL/uGh 8'afgdf a'waf/ laxfg k/]sf] clj/n jiff{sf] sf/0f 8'afgdf k/]sf] jL/uGh pkdxfgu/kflnsfsf] cfbz{gu/ If]q . oxfFsf d'nL{, kfgL6ØfªsL, >Lk'/, gujf, leijf, Ogjf{, 5ks}of, /fgL3f6, uf]Zjf/ nufotsf :yfg 8'afgdf k/]sf 5g . tl:a/ M laho s'df/ dxtf], k;f{, /f;;

पर्सा, २६ जेठ । आज बिहान परेको पानीले वीरगन्ज नगरका अधिकांश वडा डुबानमा परेका छन् । बिहान ३ देखि ५ बजेसम्म परेको अविरल वर्षाको कारण वीरगन्ज उपमहानगरपालिकाको आदर्शनगर, मुर्ली, पानीट्याङ्की, श्रीपुर, नगवा, भिष्वा, इनर्वा, छपकैया, रानीघाट, गोश्वार लगायतका स्थान डुबानमा परेका हुन् ।

वीरगन्जको आदर्शनगरमा वर्षाको पानी पसलभित्र प्रवेश गरेकाकारण लाखौँको क्षति भएको व्यापारीले बताएका छन् । आदर्शनगर एरियामा रहेका पसलभित्र पानी पसेपछि भित्र रहेका इलेक्ट्रोनिक्स, कपडा, खाद्यान्न, सौन्दर्य प्रसाधन लगायतका समान बिग्री लाखौँ रुपैयाँको क्षति भएको व्यापारीले गुनासो गरेका छन् ।

समयमा उपमहानगरपालिकाले नगरभित्र रहेको ढल तथा नाला सफाइ नगर्दा डुबानको समस्या खप्नु परेको वीरगन्जवासीले गुनासो गरेका छन् । नाला सफा नभएको कारण वर्षाको पानीले निकासी पाउन नसकी जिल्ला प्रशासन कार्यालय पर्सासमेत डुबानमा परेको छ । कार्यालयमा तीन फिटसम्म पानी जमेपछि कार्यालय आउने सेवाग्राहीले समस्या खेप्नु परेको छ ।

यस विषयमा वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालासँग बुझ्दा उहाँले उपमहानगरपालिकाभित्र एडिपी परियोजनाअन्तर्गत सडक, ढल र नाका निर्माण कार्य भइरहेकाले डुबानको समस्या नगरवासीले खप्नु परेको जानकारी दिनुभयो । उहाँले डुबान भएका क्षेत्रको पानी निकाल्न उपमहानगरपालिकाका कर्मचारी बिहानैदेखि लागेको दाबी गर्नुभयो ।

प्रतिक्रिया