डिसीमा नेजा द्वारा अन्य मुलक बाटआएका नेपाली पत्रकारलाई स्वागत

इनेप्लिज २०७३ जेठ २३ गते १:४७ मा प्रकाशित

DSC09130

नेपाल अमेरिका पत्रकार संघ(नेजा) ले अन्य मुलुकबाट अनेसासको रजत जयन्ति कार्यक्रममा भाग लिन वाशिंगटन डिसी आएका पत्रकारलाई स्वागत तथा सम्मान गरेको छ l भर्जिनियाको एक पुस्तकालयमा सम्पन्न उक्त स्वागत तथा अन्तरक्रिया कार्यक्रममा पत्रकारको भूमिका निर्वाहको साथै साहित्यमा समेत अन्य राष्ट्रमा अनवरत कलम चलाउने पत्रकार तथा साहित्यकारलाई डिसी महानगर वरपर तथा बिसेष व्यक्तित्वहरुको उपस्थितिमा सम्मान गरिएको हो l

नेजाका उपाध्यक्ष गुणराज लुइँटेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लुइँटेलले पत्रकारिता र साहित्य संग संगै जान्छ भन्दै अतिथिहरुलाई स्वागत साथै वहाहरुको छोटो परिचय गराएका थिए l खेम भट्टचनले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको २५ बर्षको उपलक्ष्यमा सहभागी हुन् आएका अवसरमा समय तारतम्य मिलाईएको बताए l

DSC09079

उक्त स्वागत तथा अन्तरक्रियात्मक कार्यक्रममा जापानबाट आउनु भएका पत्रकार तथा साहित्यकार प्रकाश पौडेल माईला ,क्यानाडाबाट आएका पत्रकार तथा साहित्यकार डा गोविन्द सिंह रावत ,जापानबाट आएका साहित्यकार ध्रुव थापा ,प्राध्यापक डा खगेन्द्र लुइँटेल ,नेपालबाट आएकी साहित्यकार ईश्वरी गौतम तथा पत्राकार तथा साहित्यकार भीमसेन सापकोटालाई विशिष्ट व्यक्तिहरुबाट खादा लगाई सम्मान गरियो l

अस्ट्रेलियाबाट संचालित माई नेपाल टेलीभिजन ,हिमालयन रेडियो तथा असनेपालन्युजका भीमसेन सापकोटाले आफ्नो परिचय दिनुको साथै अस्ट्रेलियामा भाषा तथा साहित्यलाई प्रबर्धन गर्न संचार माध्यमको भरपर्दो सुत्रधार भएकोले त्यस क्षेत्रमा नेपालमा आफुले अंगालेको पेशालाई बिदेशमा पनि निरन्तरता दिएको बताए l

DSC09051

मन्तब्य कै क्रममा प्रकाश पौडेल माईलाले आफु पनि पत्रकारितामा आबद्ध छु भन्दै नेजाले यो चाजो मिलाई दिएकोमा धन्यवाद दिए भने गोविन्द सिंह रावतले मन्तब्य राख्दै यहाँ आएर मात्र आफु पत्रकारितामा लागेको बताए l अनेसासका केन्द्रिय अध्यक्ष पदम विश्व कर्माले नेजाले कार्यक्रम मिलाई दिएकोमा धन्यबाद ज्ञापन गरेका थिए l उक्त कार्यक्रममा नेजाका संस्थापक अध्यक्ष गिरिश पोख्रेल तथा अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो l

neja neja 2 neja 3 neja 5

DSC09038 DSC09044 DSC09059

प्रतिक्रिया