शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ११:१०
वासिङटन डिसी 01:25

बेलायतमा अन्तरराष्ट्रिय वातावरण साहित्यिक गोष्ठि भव्य सम्पन्न

इनेप्लिज २०७३ जेठ २२ गते २१:३२ मा प्रकाशित
B3
लण्डन जेठ २२,२०७३ । बेलायतमा रहेका विभिन्न साहित्यिक संस्था तथा सर्जकहरुको संयुक्त सक्रियतामा प्लमस्टिडको गाएसो सभाहलमा सनिवार विश्व नेपाली साहित्य महासघं बेलायत र के
न्ट कलम साहित्य महासंघको आयोजनामा अन्तर्राष्ट्रिय वातावरण साहित्यिक गोष्ठि
भव्यरुपमा सम्पन्न गरिएको छ ।
सयुक्त राष्ट्र संघको आधरमा हरेक जुन ५ तारिख विभिन्न कार्यक्रम मार्फत विक्ष रोपण, खोलानाला, गाँउघर सर सफाई गरेर अथवा वातावरण साहित्यको माध्यमबाट बेलायती नेपाली समाजदेखि नेपालमा भएका समुदायसम्म वातावरणको बारेमा जनचेतना फैलाउने हैसियतले  यस कार्यक्रम स्वदेश तथा विदेशी भूमितिर गर्न थालिएकोे हो ।B3
विविसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, विश्व नेपाली महासंघका बेलायतका अध्यक्ष समिप हाङबाङ (जजर), उपस्थित रहेको कार्यक्रममा नेपाली राष्ट्रिय फूल लालि गुराँशको विरुवालाई विश्व वातावरण दिवशको उपलक्ष्यमा साहित्यिक ढंगबाट कार्यक्रमको सभापतित्व गराईएको थियो । वातावरण साहित्यिक गोष्ठिलाई नेपाली साहित्यिक विकास परिषद, अन्तर्रा्िष्ट्रय साहित्य समाज बेलायत, अन्तर्रा्िष्ट्रय नेपाली वाङमय प्रतिष्ठान बेलायत, नेपाल मुक्तक प्रतिष्ठान, विश्व नेपाली साहित्य महासंघ, एनआरएन बेलायत भाषा साहित्य विभाग, समकाली साहित्य प्रतिष्ठान र केन्ट कलम साहित्य महासंघले सयुक्तरुपमा पहिलो पल्ट वातावरण साहित्यिक गोष्ठि गरेका हुन ।
नेपाली राष्ट्रिय गानबाट सुरुवात गरिएको कार्यक्रममा उपस्थित प्रतिष्ठानका बक्ताहरुले वातावरणबारे जनचेतनामुलक मन्तव्य राखेका थिए । वातावरण र साहित्य अहिलेको परिवेशमा किन महत्वपूर्ण विषय बनिरहेको छ ? विषयको गम्भीरताबारे स्पष्ट पार्दै कार्यक्रममा पत्रकार जानुका राईले प्रष्टाईन्– भावनामा जति साहित्य सुन्दा अति मिठो लाग्ने भावनाका तरंङ्गहरुलाई उछिट्याउने एउटा मनोरञ्जनका साधनमात्र होइन । समय परिस्थिति अनुसार साहित्य एक यस्तो कडि हो जस्ले मानव जीवनका अन्तरमनका तरंङ्गहरु छुट्ठाउने शक्ति उत्पन्न गराउँछन् । सहजरुपमा सबैका अन्तरहृदयमा प्रवेशगरी जनमानसमा जनचेतना फैलाउने काम गरेको पाउन सकिन्छ । त्यसैले अहिलेको परिवेशअनुरुप शव्द ज्यादै शक्तिशाली हुन पनि सक्छ । B2
साहित्यीक क्षेत्रमा क्रियाशिल राईले ‘हत्या, हिंसा, अहंकार र स्वार्थी मानवस्वभावका कारण सुन्दर प्रकृति सृजनामा प्रतिकुल प्रभाव परी, बाढि पैरो, जंगली जनवारको तस्करीले असरपारी विभिन्न प्रदुषणका कारण पृथ्वी नै जोखिमपूर्ण अवस्थामा पुगिरहेको तथ्यबारे व्याख्या गर्दै ‘अहिले संसारलाई बचाउनको लागि सुन्दर साहित्यिक शव्दहरुको संगालो उन्दै नेपाली जनतालाई सजग गराउन यो एक सुगम आन्दोलन हुन पुगेको तथा स्वच्छ वातावरण बनाउनुपर्ने’ धारणा राखेका थिईन् ।
साहित्यकार चन्द्र श्रेष्ठले ‘विश्व वातावरण दिवशलाई कालो झण्डाको र्याली  र नेताको भाषणमा मात्र सिमित नगरेर वातावरण सम्रक्ष्यन र सम्वर्धनको विशेष पहल जरुरी रहेको’ बताए । वातावरण र नेपालको परिस्थितिबारे थप व्याख्या गर्दै उनले भने– काठमान्डौका बाग्मती नदि सरसफाई अभियानमा तदारुकताका साथै फोहर गर्ने होटल, बधशाला, उद्योगहरुलाई निगरानीका साथ जरिवाना र कारवाहीमा नजर नपुर्याए पुरै राजधानी कुरुप बन्नेमा दुईमत नहोला । विभिन्न अस्पतालहरुबाट उत्पादित दैनिक निस्कने १ देखि ५ केजी सममका फोहरका पोकाहरु उचित व्यवस्थापन र कानुनीतह देखि व्यवस्थापन गर्न आवाश्यक देखिन्छ । अस्पतालहरुमा अपरेशनका क्रममा निकालिएका मानव अंङ्गहरुलाई उचित व्यवस्थापनको जरुरी रहेको औलाएका छन् ।’
श्रेष्ठलेB5 बेवारिसे लाशहरुलाई लामो समय सम्म मुर्दाघरमा राख्नले अस्पताल जस्तो संम्वेदनशील ठाँउ दुर्घ्िदत भै वातावरणलाई नै असर पारीरहेको’ उल्लेख गर्दै ‘अनावश्यक रुपमा बनजंगल फडानी सरसर्ती हेर्दा सामान्य लागेपनि विश्व वातावरमा पर्ने असर जस्तो खडेरी धुलो धुवाँ विभिन्न सरुवा रोगहरु साथै पृथ्वीको आयुमा प्रभाव पारीरहेको’ बारे विश्लेषण गरेका थिए । ‘ग्लोवल वार्मिङको प्रभाव हिजो सम्म हामीलाई अनुभव थिएन तर आज आएर प्रत्यक्ष अनुभव झेलिरहेका छौ,’ उनले भने, ‘हरेक बर्ष हजारौ मानिसहरु गर्मीका कारण ज्यान गुमाउन बाध्य भईरहेका छन् भने खडेरीका कारण अनिकाल एउटा गतिलो सरल उदाहरण पनि हो ।’
वतावणविद विजय हितानले वातावरण साहित्य आजको आवश्यकता भएको बताएका थिए । ‘सािहत्यका थुप्रै पाटाहरु हुन्छन, जसमध्ये बातावरण साहित्य पनि एक हो,’ उनले भने ‘नेपाली साहित्यमा सामाजिक तथा राजनीतिक जस्ता मानव केन्द्रित परिवेशका बिषय वस्तुको मात्रै चर्चा गरिएकोे पाईन्छ, तर बातावरण सम्बन्धीका कथाबस्तुलाई खासै महत्व दिइएको हुँदैन । यधपी बातावरण सािहत्यले सिङ्गो पृथ्वी, पृथ्वीमा रहेका सजिव तथा र्नि्जिर्व बस्तु, र तिनीहरुको अन्तरसम्बन्धको व्याख्या गर्ने गर्दछ ।’
उनले ‘परम्परागत साहित्यले मानव सभ्यताको बिकासमा ठुलो योगदान पुर्याइरहेको’ बारे व्याख्या गर्दै ‘वातावरण साहित्यले मानव अस्तित्व जोगाइ राख्न महत्वपूर्ण भूिमका खेल्ने’ बताए । ‘अब बातावरण सािहत्यका बिरुवा रोपेर मलजल गर्दै झांिगलो ब्रिक्ष बनाउनु पर्ने आजका सािहत्यकारहरुको दायित्व रहेको उनले बताए,’ बातावरणका प्रमुख तत्वहरु बायुमन्डल, जमिन र पानीबारे व्याख्या गर्दै उनले भने, ‘यिनैमा मानव, बन्यजन्तु, र बोटिबरुवाको जीवन निभर्र गदर्छ । बातावरण,बन्यजन्तु, र बनस्पती मानिसकालािग प्राकृितक स्रोतसाधन हुन जसलाई मानिसले अतिक्रमण र जथाभावी उपभोग गर्दै गरेको छंलङपारे ।’
कार्यक्रममा वातावरणविद विजय हितानले वातावरण सम्बन्धि कार्य–पत्र प्रस्तुत गरेका थिए । B7 “
बासुँरीवादक सुरेन्द्र ईले ईङनामले रेशम फिरिरी” बोलको गीतबाट आफ्नो सिर्जना थालनी सुरुवात गरेका थिए । क्रान्तिकारी र युद्घका कवितामा चर्चित मानिएका कवि नरेश काम्बाङले वातावरण सम्वन्धित आफ्नो सिर्जना पस्केका थिए । त्यस्तै गरि गीतकार करिश्मा घमको “प्रकृतीको जादु” धन बहादुर थापा मगरले “स्वच्छ वातावरण” कवि भौतारी साइलाका “कुकुरी काँको डाकमा” कथाकार भावना परिष्कृतका भावना, कवि मन्जु खरेलका “यो सुन्दर हरियाली” लगायत दर्जनौ कविहरुले आफ्नो सिर्जना पस्केका थिए । बेलायतबासी सिन्गो नेपालीहरुको माझमा गायक थिर थापाले छन्दमय शव्दमा कोरिएको वातावरण सम्वन्धित “सन्ततिको हास्ने सपना, मन मन्दिरमा साच्नुपर्छ” बोलको गीत उपस्थित माझ प्रस्तुत गर्दा सभाहलको स्वरुप नै परिवर्तन छाएको थियो । उक्त कार्यक्रमलाई पत्रकार जानुका राई र साहित्यकार लक्ष्मि राई (लारा )ले संचालन गरेकी थिईन ।
 
 
 
 
 

प्रतिक्रिया