नेपाली समाज युएई को अन्तरक्रिया सम्पन्न

इनेप्लिज २०७३ जेठ २२ गते १४:१३ मा प्रकाशित

13389155_10208513063176280_1375238875_o

निमकान्त पाण्डे/ ४ जुन दुबई। युएई मा क्रियासिल विभिन्न सामाजिक संस्थाहरु बीच नेपाली समाज युएई ले अल सिराज लसी सेन्टरमा सुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

13389091_10208513063496288_448155106_o

कार्यक्रममा विभिन्न संघ संस्थाहरुका प्रतिनिधि,समाजसेवी, बुद्धिजीवी र पत्रकारहरुको उपस्थितिमा रहेको थियो ।
नेपालीहरुको सबै भन्दा पुरानो सामाजिक संस्थाको रुपमा रहेको समाजले आफ्नो २६ औ बार्षिक उत्सब तथा कल्याणकारी कोष स्थापनाको मुख्य बिषयलाई अन्तरक्रियाको बिषयमा राखेको थियो।
समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको अध्यक्षता सम्पन्न कार्यक्रममा युएईमा क्रियासिल करिब चालीस सस्था प्रमुखहरु उपस्थिति रहेको थियो।

13389049_10208513063296283_1933286142_o

बिगतमा नेपाली समाज जस्तो रहेता पनि आजको अन्तरक्रिया कार्यक्रममा सामाजिक भाबना बोकेका नेपालीहरुको उपस्थितले आफुलाई मलजल मिलेको अध्यक्ष साप्कोटाले समाजलाई नया उर्जा पुगेको भन्दै कार्यक्रम सफल भएको बताए ।

13389049_10208513063296283_1933286142_o

समाज सेबिहरुको अमुल्य सुझावले समाजलाई सहि निर्देशन दिनका लागी कोशेढुंगा साबित हुने जनाउदै महासचिब मणि भुर्तेलले अन्तरक्रिया कार्यक्रममा उपस्थित सबैलाई सुझाब राख्ने अवसर दिएका थिए।
कार्यक्रममा उपस्थित संस्था प्रमुखहरुले आ-आफ्ना बिचारहरु राख्दै संस्थाले युएई स्थित कार्यरत लगभग चार लाख नेपालीहरुको साझा संस्था नेपाली समाजले धेरै भूमिकाहरु निर्वाह गर्न बाकि रहेको जनाउदै समाजले गरेका हरेक राम्रा कामहरु प्रति पूर्ण साथ समर्थन दिने प्रतिबद्दता प्रकट गरेका थिए।

13350993_10208513066936374_1291475247_o

फोटो – मोहन बस्याल

प्रतिक्रिया