बज्जिका कलाको संरक्षण र विकास हुनु जरुरी भएको बज्जिकासेवीहरुको भनाइ

इनेप्लिज २०७३ जेठ २२ गते ६:२९ मा प्रकाशित

20160602_131452

बज्जिका कलाको संरक्षण, संवद्र्धन तथा विकास आवश्यक भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । बज्जिका साहित्यकार, पत्रकार, बुद्धिजीवी, प्रचारक तथा शुभचिन्तकहरुले रौतहटको सदरमुकाम गौरस्थित ग्रामीण विकास केन्द्रको सभाकक्षमा आयोजित कार्यक्रममा बज्जिकाभाषी क्षेत्रमा रहेको हिन्दु तथा मुस्लिम संस्कृति, साँस्कृतिक सम्पदा र जनचेतनामूलक सामग्रीलाई पनि कला÷चित्रकलाको माध्यमले संरक्षण गर्दै विकास गर्नुपर्ने आवश्यकतामाथि जोर दिएका छन् ।

बज्जिका भाषा विकास परिषद नेपालका अध्यक्ष शिवचन्द्र साह, बज्जिका भाषा प्रचार प्रसार समितिका संयोजक योगेन्द्र प्रसाद यादव, बज्जिका भाषाका प्रथम प्रशिक्षक विपिन बिहारी सिँह, बज्जिका पत्रकार संघका अध्यक्ष राजेश्वर पान्डे, सचिव चन्चल झा, कोषाध्यक्ष राकेश यादव, बज्जिका भाषा शिक्षक प्रतिष्ठान नेपालका सहसचिव किशुन दयाल यादव, बज्जिकावाणी डट कमका संचालक दिनेश यादव संगम, बज्जिका साहित्य संगमका सचिव संजय सुदामा, कोषाध्यक्ष ममताज रायभाँट, शीतलपुर साप्ताहिकका प्रकाशक–सम्पादक जयप्रकाश यादव, बज्जिका साहित्यकार देवशीला सहनी, रामशीला सहनी, वृजकिशोर सहनी, सञ्जय मित्र लगायत करिब तीन दर्जनले बज्जिकांचलको संस्कृतिलाई कलाको माध्यमले जोडेर संरक्षणको आवश्यकता रहेको बताएका छन् ।

शिक्षा, स्वास्थ्य तथा जनचेतना लगायतका विभिन्न क्षेत्रमा कार्य गरिरहेको ग्रामीण विकास केन्द्र लौकाहाका अध्यक्ष पारस हुसैनलाई कलाको विकासमा ऐतिहासिक योगदान दिनका लागि उपस्थित सबैले संयुक्त रुपमा आग्रह गरेका छन् । कार्यक्रममा विश्व शिक्षाका कार्यक्रम संयोजक रुपश्री जोशी समेतको सहभागितार रहेको थियो । संयोजक जोशीले आफूले सकेको सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् ।

सञ्जय मित्र, रौतहट

प्रतिक्रिया