लाहुरेबाट बदलिएको एनआरएन ।

इनेप्लिज २०७३ जेठ २१ गते १४:१८ मा प्रकाशित

sarbagya waagle

लाहुर भन्ने ठाउँ अचेल पाकिस्तानमा परेको छ । जुन ठाउँ पंजावको राजाधानी पनि थियो । लाहोर सुन्दर नगरि पनि हो । त्यसैले लाहुरे भन्दा असाध्य राम्रो, लोभ लाग्दो अंगढंग चट्ट मिलेको लाई पनि भन्ने चलन छ । उसरी त लाहुरी असल जातको भैंसीलाई पनि भनिन्छ । तर लाहुरे भनेको चाँही पहिला पहिला भारतको लाहुर भन्ने सुन्दर नगरिमा धेरै काम पाउने हुनाले त्यहाँ गई काम गरी पैसा लिएर आउने लाई भनिन्थ्यो । पछी गएर भारतीय पल्टनमा नोकरी गरेको जवानलाई पनि लाहुरे नै भन्न थालियो ।

त्यस पछि त भारतीय लाहुरे, हङकङको लाहुरे, वर्माको लाहुरे, आसामको लाहुरे, गुहाटीको लाहुरे, हुँदा हुँदै युरोपको लाहुरे, जर्मनको लाहुरे, अनि अमेरिकाको लाहुरे । हेर्दा हेर्दै संसारमा फैलिएका नेपालीहरु संसारकै लाहुरेलाई २००३ अक्टोवर ११ मा लाहुरेका सफल तथा सक्षम अगुवा उपेन्द्र महतो, जिवा लामिछाने, देवान हिराचन, रामप्रताप थापा, लगायतकाले विधिबत न्वारान गरी एनआरएन नामाकरणका साथ संघको स्थापन गरे । धन्य छ ऊहाँहरूलाई हामी विदेशिएका सम्पूर्ण नेपालीहरुको सुन्दर नामाकरण गरिदिएकोमा, न्वारान गरिदिएकोमा ।

यसरी एनआरएनका अगुवाहरुको पहलमा संसारका विभिन्न ठाउँमा छरिएर रहेका नेपालीहरुलाई एउटै थलोमा उभ्याउने प्रयासले सफलताको शिखर एक पछि अर्को गर्दै चुम्दै गयो । झन्डै संसारकै मानव वस्तिहरुमै नेपालीहरु जसरी चियामा दुध मिल्छ, चियापत्तीमा पानी मिल्छ र चीयापत्ति, दुध तथा अदुवामा चिनी पनि मिलेर मिठो स्वाद आउँछ त्यसरी नै नेपालीले अर्को देश, अर्को भाषा, अर्को लवज र अर्को भेष भुषालाई पनि आफ्नो अनुकुलमा ढालेर उनिहरुको समाजमा नेपाली भने पछि एउटा असल मित्र हो,एउटा असल चरित्र हो, एउटा असल छिमेकी हो,एउटा असल कामदार हो, एउटा असल व्यक्त्तित्व हो भन्ने आफ्नो पहिचान जहाँ-जहाँ नेपाली गए त्यहाँ-त्यहाँ कायम गर्न सफल भए । त्यो नै नेपालीहरुको सफल पहिचान हो ।नेपालको नाम जहाँ जहाँ नेपालीले पाइला टेकेको छ त्यहाँ त्यहाँ हिमाल जस्तै उच्च र झर्ना जस्तै स्वच्छ पहाड जस्तै अटल बनाउँदै हिँडेको छ । त्यो पाईला चाने चुने पाईला होईन ! त्यो पाईला भनेको त दोस्रो विश्व युद्धमा वीर गोर्खालीको नाम्मा संसार हल्लाउने वीर योद्धाको रगतको पाईला हो । नपत्याए भीक्टोरीया क्रस को हो ? व्रिटिसलाई ढुंगा मुंडा र खुकुरीको भरमा लखेट्नी योद्धा को हो भनी सोद्धा रगतले लेखेको इतिहासले वताइदिन्छ !

त्यसको प्रत्यक्ष उदाहरण हो । जब नेपालमा महा-भुकम्प आयो संसारका देशले नेपाललाई एउटै आवाजमा सहयोगको हात बढायो, सहानु भुतिको भेल बगायो । यो नै नेपालीहरुको इमानदारिता,कर्तव्य परामण र अथक पारिश्रमको उपज हो । जसरी संसारका देशहरुले नेपाललाई जुन मायाले हेरे सहयोगको हात बढाए त्यसरी नै संसारमा छरिएका नेपालीहरुले एनआरएनको माध्यमबाट लाखौं लाखौं ,करौडौ अर्बौ उठाएर र नेपालमै गई आ -आफ्नो गक्षले सहयोग पनि गरे यो पनि एउटा अनुपम उदाहरण हो । जसरी संसारमा छरिएका नेपालीलाई एनआरएनले एउटै थलोमा उभ्भायो त्यसरी नै आफ्नो मातुमूमिमा पर्दा विदेशिएका दाजुभाइहरुले माया गर्दा रहेछन भन्ने विश्वास पनि दिलायो ।

हाम्रो छिमेकी मुलुकको गैर आवासिय संस्था (एनआरआई ) ले भारतलाई आर्थिक संकट परेको वेलामा आफ्नो मातूभुमीमा भकाभक लगानी गरेर ठूलो धनरासिको सहयोग पनि गरेका थिए । त्यसरी नै फिलिपिन्सको आप्रावासी साउथ कोरियाको आप्रावासी संघ लगायत धेरै देशका गैर आवासियहरुले धमाधम सहयोगहरु गरेको धेरै उदाहरण छन् । तर त्यहाँ उनिहरुको राज्यले गैर आवासिय संघहरुलाई आहान्न गरेर सहयोगको माग गरेका छन ।विदेशमा आफ्ना नागरिकलाई दु:ख पर्दा ती देशहरूले सहयोग पनि गरेका छन् । हाम्रा सफल अगुवा नेपालीहरुले पनि त्यही उदेश्यले गैर आवासिय नेपाली संघ गठनगरेका हुन् । यो साह्रै राम्रो कामको थालनि हाम्रा अगुवाहरूले गरेका हुन् ।

हामी नेपालीहरू विदेशीनु कुनै नौलो कुरा होइन,किनभने हाम्रो जस्तो सानो मुलुकमा राजनीतिक खिचातानीका कारणले नै उधोग धन्दाहरू प्राय वन्द हुँदैगएका छन् । नेपालमा यसरी उधोग धन्दाहरू भकाभक खुल्नुको सट्टा एक पछी अर्को वन्द हुँदै जानु राम्रो लक्षण होईन । त्यसैले रोजगारिका अवसरहरू प्राय ढप्प हुँदै गएका छन् । हत्या हिंसा, महामारी अझै राम्रोसँग रोकिन सकेको छैन त्यसैले देशमा आर्थिक संकट नपरेको पनि होइन ।

त्यसैले अहिले हाम्रो मुलुक नै रेमिटयान्सले चलेको छ । राणाकाल देखी नै विदेशमा लाहुरेको नाममा ब्रिटिश आरमी इन्डियन आरमी हङकङ आरमी भन्दै भकाभक नेपालीलाई विदेशमा काम गर्न जानु पर्ने चलन घटाऊनुको सट्टा देश चलाउने नेताहरुका अकमर्न्यताले झन झन बढदै गएको छ । स्वमं मन्त्री प्रधानमन्त्री देखी लिएर सचिव र पुलिसका ठूला ठूला अफिसरले छोरा पढाउन तथा जागिर खुवाउन विदेश पठाउने क्रम द्रुत गतिमा बढेकै छ । तै पनि विदेश वस्नेलाई भुपु नेपाली र विदेशी भन्नेको सन्ख्या पनि बदेकै छ । आफ्न नातापाता र छोराछोरी विदेश बसे पनि नेपाली नै हुने र अरु गए भने विदेशमा टेक्ना साथ भुपु नेपाली हुने अर्थात नेपालबाट पाउनु पर्ने सबै चिज खोसिनु पर्ने कुनै कुनै महाशयको सोचले वास्तवमै हामी लाहुरेहरु एनआरएन त भयौ नेपाली चांही हुने हौ कि होइनौ भन्ने चिन्ता थपिएको छ । जे होस हामी लाहुरे बाट बदलिएको एनआरएन चांही अवश्य भयौ । यही खुशीको कुरा छ ।

प्रतिक्रिया