साम्राज्ञी हुन् या आना, जसलाई छ दोश्रो फिल्ममै चुनौती

इनेप्लिज २०७३ जेठ २० गते १५:०६ मा प्रकाशित

पहिलो चलचित्रमा काम गर्दा नै चर्चा पाएपछि कलाकारलाई दोश्रो चलचित्र छान्न बहुतै गाह्रो पर्छ । यसैले पनि होला, चलचित्र क्षेत्रमा केही आशा गरिएका नायिकाहरु दोश्रो चलचित्रमा काम गर्न समय लगाइरहेका छन् ।

पहिलो चलचित्र ‘ड्रिम्स’मा काम गरेपछि पाएको उचाइले नायिका साम्राज्ञी राज्यलक्ष्मीलाई दोश्रो चलचित्र छान्न नै धौ-धौ परेको छ । अफर प्रशस्त आएपनि उनले काम गर्ने कुनै पनि चलचित्र पक्का भएको छैन । पहिलो चलचित्रबाट पाएको उचाइलाई दोश्रो चलचित्रमा निरन्तरता दिनु चुनौती हुने भएकाले पनि साम्राज्ञी दोधारमा छिन् ।

aana-and-samragyi

नायिका आना शर्माले ‘जेरी’ चलेको करिब २ बर्षपछि बल्ल ‘ग्याङस्टार ब्लूज’मा काम गर्दैछिन् । यो चलचित्रमा उनले रोजेको टिम त राम्रो छ । तर, पहिलो चलचित्रबाट नै चर्चा कमाएपछि उनीबाट दर्शकमा आशा बढेको छ ।

चलचित्र क्षेत्रमा साम्राज्ञी र आना मात्र होइनन्, अरु केही अनुहार छन् जसलाई दोश्रो चलचित्र खेल्न नै समय कुर्नुपर्ने अवस्था छ ।

चलचित्र ‘प्रेमगीत’ले चर्चा पाउनु अगाडि प्रदिप खड्काले २ वटा चलचित्र खेलिसकेका थिए । तर, ‘प्रेमगीत’बाट उचाई पाएपछि उनले अर्को चलचित्र खेल्न सकिरहेका छैनन् ।

हुनत, उनी चलचित्र ‘प्रेमगीत’का निर्माता सन्तोष सेनसँग विदेशमा छन् । तर, एउटै चलचित्रबाट पाएको उचाइलाई निरन्तरता दिन उनलाई पनि गाह्रो छ । चलचित्र ‘के म तिम्रो होइन र’का नायक आर्यन अधिकारीका लागि पनि दोश्रो चलचित्र छान्न सजिलो छैन । किनकी, उनले पनि यो चलचित्रबाट एक प्रकारको सफलता र उचाई पाए ।

नेपाली चलचित्रमा नायक-नायिकाको अभाव छ । तर, आएका नयाँ अनुहारहरुबाट आशा गर्ने ठाउँ भएपनि उनीहरुमा थपिएको चुनौतीले अफर आएका सबै प्रोजेक्टमा उनीहरु अनुवन्धित हुन सकेका छैनन् ।

अनलाइनखबर बाट

प्रतिक्रिया