नेपाली कांग्रेस का युवा नेता एबम रामेछाप जिल्ला कार्यसमितिका सभापति लवश्री न्यौपाने सँग नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसंपर्क समिति भर्जिनिया का कार्यकर्ताहरुले भेट्घाट र अन्तर्कृया गरेका छन । आफ्नो निजी भ्रमण्को सिलसिलामा अमेरिका आउनुभएका नेता न्यौपाने सँग नेपालको वर्तमान परिस्थिती मा नेपाली कांग्रेस का भात्री संघसंस्था हरुको भूमिका,नव निर्वाचित कांग्रेस नेत्रित्व र अन्य राजनीतिक दलहरु सँग स्थानिय र केन्द्रिय स्तर मा हुने सहकार्य,नयाँ संबिधान मुताबिक स्थानिय निकायहरुको महत्व भूमिका र कांग्रेस को अवस्था बारेमा छलफल भएका थिए ।
सो अवसरमा नेता न्यौपाने ले यसरी साथीहरु सँग छलफल र बिचार बिमर्श गर्न पाउदा आफु अत्यन्त खुशी भएको र अझै बढी उर्जा प्राप्त गरेको बताउनु भयो। साथै उहाँले त्यहाँ राखिएका जिज्ञासा र सुझाव हरुबाट विश्व भर जहाँ रहे पनी नेपाली हरुको नेपाल प्रतिको माया कती हुन्छ भन्ने प्रत्यक्ष्य अनुभव गर्न पाएको छु भन्दै नेपाली कांग्रेस पार्टी पनि यस्तै कार्यकर्ता र जनताको माया र विश्वाश ले चलिरहेको बताउनु भयो ।
अनौपचारिक् र एकदमै छोटो समयमा आयोजना गरिएको उक्त कार्यक्रम मा नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर का सभापति राम शरण हुमागाइ ले उहांको स्वागत गर्दै जनसंपर्क समितिले गर्दै आएका कृयाकलाप हरुको जानकारी गराउनु भएको थियो ।
च्याप्टर उपसभापती क दाहाल द्वारा संयोजन गरिएको सो कार्यक्रम च्याप्टर का महासचिव किरण लामा,समाजसेवी लक्ष्मीकान्त गौडेल,जनसंपर्क समितिका पूर्व केन्द्रिय सदस्य अर्जुन सिग्धेल,संस्थापक सदस्यहरु सागर कंडेल र ददिराम ढुंगाना,बरिश्ठ कार्यकर्ता राम मिस्र लगायतले बिभिन्न बिषयमा आफ्ना बिचार राख्नु भएको थियो ।
प्रतिक्रिया