स्विजरल्याण्डमा `मह जात्रा` सम्पन्न

इनेप्लिज २०७३ जेठ १७ गते १९:०५ मा प्रकाशित

mah

नेपालका गहनाका रुपमा लिईने हास्य कलाकार “मह” जोडी कार्यक्रम २८ मे शनिबारका दिन स्विजरल्याण्डको जेनेभामा सफलताका साथ् सम्पन्न भएको छ । कार्यक्रममा मह जोडी लगाएत अन्य कलाकारहरु यमन श्रेष्ठ, मोहित आचार्य, नरेन्द्र कंसाकार र माण्डवी त्रिपाठी को पनि बिशेष सांस्कृतिक प्रस्तुति रहेको थियो ।

हाँस्य कलाकार मह जोडीले सदैव नेपालको समय परिस्थिति, नेपालको राजनीति लगाएत विभिन्न बिषयलाइ मध्यनजर गर्दै संदेशमुलक र जन चेतना मुलक कार्यक्रमहरु हाँस्य र व्यंज्ञात्मक तवरले प्रस्तुत गर्दै आएका छन् ।

यसै क्रममा नेपालमा हालसालै भएका समस्याहरु : राजनीतिक पदमा खिचातानी ,विभिन्न शक्तिको प्रयोग गरि दादागिरी गर्ने , जातीय विभाजन गरि देशलाइ बिभिन्न प्रदेशमा टुक्र्याउन खोजिएको जस्ता बिषयबस्तुलाइ हाँस्य र व्यंज्ञात्मक तवरले प्रस्तुत गर्दै नेपाली जनताहरुको भूमिका अव कस्तो हुनुपर्छ भन्ने संदेश दिंदै कार्यक्रममा मह जोडी लागाएतका कलाकारहरुले भरपुर मनोरंजन प्रदान गरेका थिए l

मह जोडी लगाएत अन्य कलाकारहरुको प्रस्तुति स्विटजरल्याण्डको जेनेभा र राजधानी बर्नमा रहेको थियो । २८ मे शनिवारका दिन जेनेभामा निता कपुरका साथै जेनेभाबासि नेपालीहरुले आयोजना गरेको उक्त कार्यक्रममा स्विसबासि नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको संचालक जेनेभाबासि नेपाली श्याम सापकोटाले गरेका थिय भने स्विटजरल्याण्डका लागि नेपाली राजदुत दिपक धितालले उपस्थित सबैलाई स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिय । हरेक जसो कार्यक्रममा हुने आसन ग्रहण र पत्यारिलो भाषणको अन्त्य गर्दै स्विटजरल्याण्डका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेता पनि आसन ग्रहण र भाषण बिना नै कार्यक्रम सुरु गरिएको थियो ।

mah 3
त्यसै गरि २९ मे आइतवारका दिन स्विटजरल्याण्डको राजधानी बर्नमा एन आर एन ए स्विसद्वारा आयोजना गरिएको `मह जात्रा ` कार्यक्रममा भने अपेक्षा गरे भन्दा धेरै कम संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । एन आर एन ए स्विसद्वारा “नेपालको शैक्षिक क्षेत्रमा एनआरएनए स्विजरल्याण्डको साथ् ” भन्ने नारा दिई आयोजना गरिएको उक्त कार्यक्रम एन आर एन ए स्विसका महा सचिव भुमि गुरुङले संचालन गरेका थिए । स्वागत मन्तब्य संघका सचिव फडिन्द्र पन्त ले गरेका थिय भने दोश्रो चरणको कार्यक्रम संघका सदस्य गुणराज शर्माले संचालन गरेका थिय । सोहि दिनमा “एभरेस्ट डे” भएकोले “एभरेस्ट डे”को उपलक्ष्यमा नेपालको पर्यटन क्षेत्रमा लागि परेका पर्यटन ब्यबसायी स्विसबासि नेपाली कमल भट्ट द्वारा लेखिएको शुभकामना संदेश पढेर सुनाइएको थियो ।

mah 2

“मह” जोडी लगाएत सांगेतिक टोलीले अहिलेसम्म नर्वे, फिनल्याण्ड, डेनमार्क, पोल्याण्ड, स्विडेन, स्पेन , फ्रान्सका विभिन्न सहरहरुमा कार्यक्रम गरिसकेका छन्।

स्रोत : स्विस नेपाल डटकम

प्रतिक्रिया