ANS राजदूत कप् फुटबलप्रतियोगिताको Final Game वाशिंगटन डिसी

इनेप्लिज २०७३ जेठ १७ गते १५:२५ मा प्रकाशित

वाशिंगटन डिसी ,अमेरिका नेपाल सोसाईटीले आयोजना गरेको सातौ अम्बास्डर कप फुटबल प्रतियोगिता २८ र २९ गते संचालन भएको खेल आज समाप्त भएको छ l

आज भएको अन्तिम प्रतिस्प्रद्धा संस्थाका अध्यक्ष जीवन तिवारीको अध्यक्षता भएको थियो भने उक्त खेलमा एएनएका पूर्व उपाध्यक्ष मेदिनी अधिकारीको प्रमुख अतिथ्यमा सम्पन्न भयो l आज भएको अन्तिम खेलमा एनवाईएफसी न्युयोर्कले प्रथम स्थान हासिल गरि अम्बास्डर कप प्राप्त गर्न सफल भएको छ l बिजेता समुहले १ हजार डलर नगद तथा द्वितीय हुने बाल्टिमोर एथलेटीक क्लब ले ५ सय डलर नगद प्राप्त गरेको थियो lखेलको मुख्य संयोजन चन्द्र लामाले गरेका थिए भने पुरस्कार वितरण को कार्यक्रम संचालन पूर्व राष्ट्रिय खेलाडी बिना लामाले गरेकी थिइन् l

अम्बा स्डर कप फुटबल प्रतियोगितामा ५ वटा फुटबल समुहले भाग लिएका थिए l दुई दिन देखि भएको उक्त प्रतोयोगितामा राजन अधिकारी ,कमल भुसाल ,प्रेम पौडेल ,यसोधा भण्डारी ,मधु भण्डारी तथा बिश्व राज थापाले खेल सफल बनाउन सहयोग गरेका थिए l

प्रतिक्रिया