नेवाः अर्गनाइजेसन अफ अमेरिकाको बार्षिक अधिवेसन भव्यताको साथ सम्पन्न

इनेप्लिज २०७३ जेठ १६ गते १९:५३ मा प्रकाशित

IMG_0547

डिसी महानगर क्षेत्रमा स्थापित नेवाः अर्गनाइजेसन अफ अमेरिकाले गत मे २८ तारिख म्यारिल्याण्ड राज्यको सिल्भर स्प्रिन्ग्समा आफ्नो १५ औ बार्षिक अधिवेसन तथा साधारण सभा भव्यताको साथ सम्पन्न गरेको छ l

उद्घाटन ,बहस तथा सांस्कृतिक कार्यक्रम गरि तिन चरणमा कार्यक्रम विभाजित रहेको थियो l कार्यक्रममा बिल्ला वितरणको साथै खादा अतिथिहरुलाई लागी सुरु गरिएको थियो l उद्घाटन कार्यक्रममा महा सचिब महेन्द्र प्रधानले बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष राजेश लाल श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए l कार्यक्रममा प्रमुख अतिथि नेपाली दुताबासका कैलाश राज पोख्रेल ,डब्लुएनओ का सभापति सिजन श्रेष्ठ तथा प्रमुख वक्ता प्राध्यापक गौतमा भी बज्राचार्य ले बिबिध बिषयमा मन्तब्य तथा प्रकाश पार्नु भएको थियो l

IMG_0568

कार्यक्रममा केहि बिशेष व्यक्तिहरुलाई सम्मान गरिनुको साथै लस्कुस स्मारिका पनि बिमोचन गरिएको थियो l सम्मानहुनेहरुमा वरिष्ठ कवियत्री चन्द्र कला नेवार ,वरिष्ठ गायक रमेश ताम्राकार ,वरिष्ठ नृत्य निर्देशक यज्ञ मान शाक्य, प्रमुख वक्ता तथा प्राध्यापक गौतमा भी बज्राचार्य रहेका थिए l

यसै गरि स्थानीय समाज सेवी बेद प्रधान तथा गणेश लाल कायस्थलाई संगठन प्रति को योगदानलाई उच्च कदर गर्दै सम्मान कदर गरिएको थियो l दोश्रो चरणको बहस तथा छलफल कार्यक्रममा बोल्ने वक्ताहरुमा डा बिध्या रंजित ,एमि इबि श्रेष्ठ , बंशीधर बज्राचार्य तथा बासव राजोपाध्याय हुनु हुन्थ्यो भने कार्यक्रम संचालन डा सुगन्धा तुलाधरले गर्नु भएको थियो l

IMG_0488

कार्यक्रममा नेवा समुदायको प्रसिद्ध खाजा समयबजी अतिथिहरुलाई खुवाईयको थियो l कार्यक्रम संचालन पुस्कर प्रजापति तथा बबिता प्रधान श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष तथा अभियन्ता (ईञ्जिन्यर )राम लाल श्रेष्ठ गर्नु भएको थियो l

DSC_0303 DSC_0252 DSC_0262

DSC_0156 - Copy DSC_0032 - Copy DSC_0127 - Copy (1)

IMG_0483 IMG_0504 IMG_0533 IMG_0556 IMG_0571

IMG_0515 IMG_0512 IMG_0500 IMG_0524 IMG_0519

प्रतिक्रिया