अमेरिकामा के गर्छु र नेपालमा म के गर्थे ——————“नाई भन्दिन “

इनेप्लिज २०७३ जेठ १५ गते १२:५५ मा प्रकाशित

bijay 1

अपराधीलाई बकाउन कोर्रा हान्छन l सिस्नो पानी लगाए पछि धेरैले बक्छ्न l ज्याद्राहरु ज्यान गुमाउन तयार हुन्छन तर गोप्य कुराहरु भन्दैनन l प्राणको आहुति दिन तयार हुन्छन तर ओकल्दैनन l

कुरा खोल्नु या नखोल्नु मानिसको स्वतन्त्र विचार हो l नैसर्गिक अधिकार पनि हो l अमेरिका आएको झन्डै एक दशक भएछ l मैले कसैलाई के ईलम गर्छस भनेर सोधेको छैन l किनभने अमेरिकामा के काम गर्छस ? कहाँ गर्छस ? काम को प्रवृति कस्तो छ ? कति तलब खान्छस भन्ने प्रवृतिलाई अस्वाभाविक मानिन्छ l आफैले म यो काम गर्छु भन्ने मानिस प्रसस्त भेटिन्छन l नजिकिदै जाँदा कुराहरु खोतल्ने पनि गरिन्छ l

तर हामी धेरै कुराहरु कोट्याउने कोसिस गर्छौ l र आफ्नो काम बारेमा नसोधी पनि बताउने चलन आई सकेको छ l काम बारेमा बताउदा केहि खराब हुदैन l केहि गुमाईदैन पनि l तर हामीहरु कुराहरु सोध्ने हुनाले मानिस धेरै कुरा खुस्काउन चाहदैनन् l भन्न मन लागे भने पनि हुन्छ न भन्न मन लागे नभने पनि हुन्छ l यो वैयक्तिक विचार पनि हो l

आफु पनि नेपालमा के गर्थे भन्ने कुरा अमेरिकामा भजाउन चाहन्न l त्यो भुतकाल हो किनभने आफु के गर्थे ,कुन पेसामा थिए र कति आम्दानी हुन्थ्यो भन्ने कुरा को गाठो फुकाउन मन लाग्दैन l अमेरिकामा कसैलाई यस कुराको आफैले जानकारी गराएकै छैन l किनभने नेपालको कुरा अमेरिकामा कुनै अर्थ र तुक हुदैन l

वहाको कुरा यहाँ भजाएर केहि हुदैन l नेपालमा जे थियो त्यो त्यहाँ ठिक थियो l तर अमेरिकामा त्यो कुरा सतह बाहिर ल्याउदा लुतो न कन्याई हुन्छ l किनभने अमेरिकामा आएका मानिस शुन्य बाट सुरु गर्नु पर्ने अवस्था पनि हुन् सक्छ l

अमेरिकामा आए देखि काम गरेको झन्डै १० बर्ष जति भयो l नेपालमा कुन पदमा थिए र कुन पदमा सम्म पुगेको थिए भन्ने कहिले कसैलाई भनेको छैन l आफु काम गर्ने ठाउँमा छिटो कुराहरु थाहा पाउने भएकोले यस्तै काम गर्थिस भन्ने गर्ने लाई हो मात्र भनि जवाफ दिने गरेको छु l

नेपालमा कुन पेसामा थिइस भन्ने लाई म फलाना पेसामा थिए र यस्तो थिए मुख बाट निस्कदैन l अमेरिका आए देखि कुनै पनि बिदेशी या नेपालीलाई मेरो मुख बाट आज सम्म कुन काम गर्नु हुन्छ भनि सोधेको थाहा नै छैन l अमेरिकि जीवन शैलीमा काम गर्ने संग मतलब राख्ने हुनाले के काम र कुन पदन र कस्तो प्रवृति संग कुनै सरोकार नराखें हुनाले आफु पनि यसलाई पछ्याउने गरेको छु l

नेपालको पेशा र काम को प्रवृति बारेमा अमेरिकामा तुलना गरे नदुखेको टाउको पनि दुख्ने हुन्छ l उता र यताको तुलना नै हुदैन l अमेरिकाका अधिकांस पेशामा रहेका मानिस असन्तुष्ट रहेका हुन्छन भनि आंकडाले देखाएको छ l तर जे भएपनि मुखमा माड लगाउन परदेशमा कडा मेहनत गर्ने पर्छ l परिवार पाल्ने पर्छ l न जाने गाउँको बाटै नसोध्नु भने झैँ अमेरिकामा अरुको पेशामा ज्यादा टाउको दुखाउनु भन्दा आफु मेहनत गरे उभो लागिने हुन्छ l

पेशाको चियो चर्चो गर्नु भन्दा आफ्नो पेशा र काममा रमाउनु नै उत्तम हुने छ l नेपालमा जे जस्तो भएता पनि आफु अमेरिकामा छु l दुई छाक खान मेहनत गर्ने गरेको छु l अरुले कति कमाउछन भने तर्फ जाने स्वभाव नभएकोले त्यसमा कपाल दुखाउ दिन l अरु के काम गर्छन भन्ने कहिले सोधें आफ्नो चलन छैन l

त्यसैले अमेरिकामा के गर्छु र नेपालमा म गर्थे ——————“नाई भन्दिन ” भन्दा कसैले नराम्रो मान्ने हुने छैन l

प्रतिक्रिया