धर्मको नाममा गरिने पाखण्डीपन…………………..

इनेप्लिज २०७३ जेठ १२ गते २२:२९ मा प्रकाशित

pradeep

कुन धर्म ठुलो भन्ने विषयमा धर्म गुरुहरुको वृहत भेलाबाट कुनै ठोस निर्णय नआएकोले धर्म गुरुहरुको सहमतिमा शक्ति परिक्षण गर्ने निर्णय गरियो । सहमति मात्र के भएको थियो.. हिन्दु र क्रिश्चियनको मृर्ति ठुलो नदीमा फालियो ! हिन्दुको मूर्ति छनभरमै नदीमा डुव्यो, क्रिश्चियनको नदीमाथी तैरियो, यस्तो परिस्थितिमा क्रिश्चियन धर्मका गुरुले हिन्दु धर्मका गुरुलाई भने…शक्ति परिक्षणबाट क्रिश्चियन धर्म शक्तिशालि रहेको प्रमाणित भएकोले कुनै दुविधा नराखी क्रिश्चियन धर्मलाई शक्तिशाली धर्मको रुपमा मान्न तयार हुनुहोस््….यी कुराले हिन्दुहरु लज्जीत हुन पुग्य र चुपचाप झोक्रायर बसे… सोहि क्रममा कतैबाट भिच्छुकको आवाज आयो… पख ! अझै केहि परिक्षण गर्न बाँकी छ… त्यसपछि दुवै मूर्तिलाई दन–दन्नी बलेको आगोमा फालियो, केहि छणमै क्रिश्चियनको मूर्ति डढेर खरानी भयो, हिन्दुको जस्ताको तस्तै, अनि भिच्छुकले भने, हिन्दुको मूर्ति धातु भएकोले नदीमा डुब्यो र क्रिश्चियनको मूर्ति काठ भएकोले आगोमा जल्न पुग्यो, नकी धर्ममा कुनै शक्ति भएर यस्तो हुन गएको हो, यसर्थः तथाकथित पाखण्डी र आडम्बरी तर्कहरु दिएर मानिस–मानिसविचमा विचलन ल्याउने कोशिस नर्गनुस ?

मूर्ति आफैमा धर्म, आस्था र विश्वास होइन, यो त मानिसको आस्था र विश्वासको प्रतिकमात्र हो त्यसैले अकमण्य तर्कहरु गरेर धर्मलाई राजनैतिक कमाई खाने थलो नबनाउनुस् । मानिस–भगवानले होइन भावनाले, चित्रले होइन चरित्रले, व्यक्तित्वले होइन व्यवहारले, आदर्शले होइन आदरले, सम्पन्नताले होइन संस्कारले ठुलो हुन्छ । अतः एउटा पुस्तकालयमा भएको गीता, बाइवल र कुरान कहिले लड्दैनन्, जो यो तिन कितावका लागि लड्छन् तिनिहरु यी किताव कहिले पढ्दैनन् भन्ने कुरा हेक्का राखी अंहाकारी विचार त्यागी दिन भिच्छुकले आग्रह गरे …

अहिले दिनहु जसो सामाजिक संजालहरुमा धर्मसँग जोडीएका सकारात्मक र नकारात्मक प्रतिक्रियाहरु आइरहेका छन्, जसमध्ये धर्म निरिपेक्ष सम्वन्धी चर्काचर्की वहस पनि भईरहेको छ, धर्मनिरपेक्ष भनेको धर्म नमान्ने हो कि भन्ने भान पनि रहेको छ । मानिसको आफ्नै नैसर्गिक अधिकार हुन्छ, आफ्नै इच्छा आकांक्षा हुन्छ, जो कोहिलाई पनि जर्वरजस्ती अध्यारो भिरको बाटोमा हिडाउन मिल्दैन यो सत्य यर्थात हो तर यहाँ कुरा व्यक्तिगत स्वतन्त्रताको होईन, कसैको व्यक्तिगत ईच्छा र आकांक्षाले गर्दा समाजलाई कस्तो प्रभाव पार्छ भन्ने हो ।

सुन्दरता जहिलेपनि हेर्नेहरुको नजरमा हुन्छ, गल्ति खोज्नेहरुले चन्द्रमामा पनि दाग नै देख्छन् । विज्ञानले धेरै उपकरणहरु बनायो तर आमा बुबाले आफ्नो छोरा, छोरीलाई हृदय भित्र कति मायाँ, ममता गरेको हुँन्छ भन्ने कुरा छोरा, छोरीले जाच्ने उपकरण बनाएको भए, भगवान ढुंगालाई हैन आफ्नो आमा, बुबालाई मान्थ्ये होलान् ! यो मेरो व्यक्तिगत विचार हो ।

यो संसारको सृष्टिकर्ताले आफुले सिर्जना गरेका हरेक सजीव वा निर्जिवबस्तुको लागि पूर्णत नियम बनाएकै हुन्छ । जस्तै घाम, जुन, सबैका लागि लाग्छन्, जाडो, गर्मी सवैका लागि हुन्छ, हावा, हुरी, भूकम्प, बाढी, पहिरो जाहात्यहि जान्छ । आँगोले नपोल्ने कोहि हुँदैन,जव सृष्टिकर्ताले कुनै फरक गरेको छैन भने हामी धर्मको नाममा फरक कुरा गर्ने किन ? यो एउटा अनुत्तरीय प्रश्न हुन सक्ला ।

त्यसैले यो बहस गर्नुभन्दा बैज्ञानिक तरिकाले सबैले मेरो भन्न सक्ने बाटो खोजियोस् । म हिन्दु हुँ ! हिन्दुहरुको इतिहास विशाल छ तर म मात्र होइन यहाँ सबै मिलेर बस्नु पर्छ भन्ने मेरो आशय हो । जस्तै मुस्लिमको मक्का मदिना भए झै, यदि नेपाल हिन्दु राष्ट्र हुने हो भने विश्वका हिन्दुहरुको तिर्थस्थल नेपाल हुने थियो र त्यसबाट देश र जनतालाई नै फाईदा पुग्ने थियो की… ?

धर्मको नाममा गरिने पाखण्डीपनले राष्ट्रलाई कुन अवस्थामा पु¥याउदछ कसैलेपनि हेक्का राखेको देखिन्न् । यदी एउटा धर्मको डाक्टरले अर्को धर्मको विरामीलाई हेर्दिन भन्यो भने, एउटा धर्मको शिक्षकले अर्को धर्मलाई पढाउदिन भन्यो भने, एउटा धर्मको व्यपारीले अर्को धर्मको उपभोक्तालाई सेवा दिन्न भन्यो भने, त्यसवेला समाज अनि राष्ट्रको हालत के होला ? यसतर्फ सबैको ध्यान जानु जरुरी देखिन्छ ।

प्रतिक्रिया