नेजा उपाध्यक्ष गुणराज लुइटेलको पुस्तक विमोचित

इनेप्लिज २०७३ जेठ ९ गते १९:०१ मा प्रकाशित

Guna Book Cover

लस एन्जलस, मे २२ । अमेरिकाको लस एन्जलसमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको प्रथम च्याप्टर सम्मेलन तथा विश्व काब्य गोष्ठीको उद्घाटन शत्रमा पत्रकार एवं साहित्यकार गुणराज लुइटेलको कविता संग्रह जलेको मन को विमोचन प्रमुख अतिथि प्रा. डा. खगेन्द्र प्रसाद लुइटेल, अतिथि नेपाली वाणिज्यदूत ऋषि ढकाल, प्रा. मोहन सिटौला, अनेसास केन्द्र अध्यक्ष पदम विश्वकर्मा, साहित्यकार कृष्ण धराबासी, महासचिव गोवर्धन पूजा, लस एन्जलस च्याप्टरका अध्यक्ष शान्तिराम ढकाल लगायतबाट संयुक्त रुपमा भयो ।

Book Guna

‘जलेको मन’लाई समालोचना गर्दै प्रा. डा. खगेन्द्र प्रसाद लुइटेलले छोटो समयमा परिपक्व र उत्तकृष्ट कविता संकलन रहेको टिप्पणी गरेका छन् ।

Book Bimochan

कविता संग्रहमा लामा छोटा गरी ३७ वटा कविता सङ्कलित छन् । कवितामा आप्रवासी चेतनाको अभिव्यक्ति, राष्ट्रप्रेम, प्रकृतिप्रेम, मानवीय प्रेमप्रणय, नेपालमा व्याप्त विसङ्गति-विकृतिको चित्रण आदिको झल्को पाइन्छ ।

Book 3

जलेको मन, अमेरिकामा छौ रे, अमेरिकन एबिगल, अमेरिकन ढाक्रे, पोटोम्याकको क्षितिज, त्यो हिउँ र यो हिउँ, चिल्लो गाडी आदि कवितामा आप्रवासी चेतनाको जीवन्त अभिव्यक्ति पाइन्छ भने प्रतिउत्तर दिइनौ, मुस्कुराहट, दुर्लभ माया, आशा मार्ने छैन, असल प्रेमी आदि कवितामा मानवीय प्रेमप्रणको शिष्ट र शालीन अभिव्यक्ति पाइन्छ ।

Book 2

यस्तै जनताका बोली, नेपाल बन्द, मनोकाङ्क्षा आदि कवितामा वर्तमान कालीन नेपालमा व्याप्त विसङ्गति र विकृतिको चित्रण गरिएको छ। लुइटेलले छिट्टै नेपलामा पनि ‘जलेको मन’ कविता संग्रह सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरको गोगने भन्ने ठाउँमा २०२६ सालमा जन्मिएका लुइँटेल हाल अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीमा सिनियर आई.टी. क्वालिटी म्यानेजरका रूपमा कार्यरत लुइटेल अमेरिकाको हन्डर्न, भर्जिनियामा बसोबास गर्दै आएका छन् । लुइटेल हाल नेपाल अमेरिका पत्रकार संघका नव निर्वाचित उपाध्यक्ष पनि हुन ।

प्रतिक्रिया