सगरमाथामा बुद्ध र ओबामा पुर्याउने आरोही अमेरिकामा

इनेप्लिज २०७३ जेठ ८ गते १२:१७ मा प्रकाशित

बिश्वको सर्वोच्च शिखर सगरमाथामा विदेशी आरोहीले मात्र हैन, नेपालीले पनि थुप्रै कीर्तिमान बनाइसकेका छन् । त्यसमध्य एउटा अनौठो कीर्तिमान राख्ने आरोही हुन् आङ ग्याल्जेन शेर्पा ।sanjok 2सन् २०१३ मे २१ तरिखमा बिश्व शान्तिको सन्देशसहित गौतम बुद्ध, अमेरिकी राष्ट्रपति बाराक ओबामा र धर्मगुरु दलाई लामाको तस्वीर एक साथ सर्वोच्च शिखरमा पुर्याउने कीर्तिमानी आरोही शेर्पा अहिले अमेरिका आइपुगेका छन् । अन्तराष्ट्रिय सगरमाथा दिवसको अबसरमा यूएस नेपाल क्लाइम्बर्स एसोसियसनको आयोजनामा न्युयोर्कमा हुन लागेको ‘एभरेष्ट डे वाल क्लाइमिङ’ प्रतियोगितामा ‘रुट सेट’ गर्ने छन् ।

बिश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाईला राखेको दिन मे २९ तारिखमा अन्तराष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ । सोही दिवसको अबसरमा बिश्वको सक्तिशाली देश अमेरिकाको न्युयोर्कको लङ आइसल्याण्डमा हुन लागेको क्लाइमिङ प्रतियोगितामा शेर्पाले ‘जज’ को काम पनि गर्नेछन् ।

यूरोपमा समेत निकै प्रख्यात आरोही शेर्पाले सगरमाथाको तीन पटक आरोही गरिसकेका छन् । शेर्पाले नेपाल पर्यटन बर्ष २०११, लुम्बिनी भ्रमण बर्ष २०१२ र सन् २०१३ मा गरी तीन पटक सगरमाथा आरोहण गरेका हुन् । सगरमाथासंगै शेर्पाले आठ हजार मिटरभन्दा अग्ला नेपालका अन्य हिमाल पनि आरोहण गरेका छन् । सन् २०१० मा किलर माउण्टेनको रुपमा चिनिएको मनास्लु (८१६३ मी.) र सन् २०१२ मा माउण्ट लोत्से (८५१६ मी.) को सफलतापूर्वक शेर्पाले आरोहण गरेका हुन् ।

sanjok 1हिमालसंग शेर्पाको गहिरो सम्बन्ध छ । सोलुखुम्बुमा जन्मीएका शेर्पाले प्रख्यात आईसल्याण्ड पिक (६१६० मी ) २४ पटक, मेरा पिक (६६५४ मी.) २४ पटक, याला पिक चार पटक, लुबुचे ५ पटक, पिसाङ पिक ६ पटक, चुलु हिमाल १२ पटक आरोहण गरिसकेका छन् । त्यस्तै सात हजार मिटर भन्दा माथिको आमा दब्लम पनि शेर्पाले आरोहण गरिसकेका छन् ।

फ्रेन्च, जापनिज, हिन्दी, अग्रेजी, तिब्बती, भाषाको ज्ञाता स्नातकसम्म अध्ययन गरेका बहुप्रतिभाशाली ब्यक्तित्व शेर्पाले अमेरिकामा रही डेलानी आरोहण गर्ने योेजना रहेको जनाउदैँ भने, मैले नेपाल र युरोपका सर्वोच्च शिखरहरुको धेरै पटक आरोहण गरिसकेको छु । अब अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली चढ्ने योजना छ । ”

सन् २०१० मा फ्रान्सको माउण्ट ब्लाङ््क आरोहण गरेका शेर्पाले भने, “यही मौकामा अमेरिकाको सर्वोच्च शिखर डेनाली आरोहण गर्ने योजना पनि बनाइरहेको छु । त्यसकारण केही समय अमेरिकामा नै हुन्छु ”

शेर्पाले सगरमाथामा हिमपहिरो जादा आफूले धेरैको उद्धार गरेको जनाउदैँ यो बर्षको सगरमाथा आरोहण सफल भएकोमा खुसी पनि ब्यक्त गरे ।

सगरमाथामा उद्धार टोलीमा तीन पटक सहभागिता जनाएका शेर्पालाई सन् २०१३ मा ‘एनएमजीए एडभान्चर एवार्ड’ पनि प्रदान गरिएको थियो । त्यसका साथै अन्तराष्ट्रिय माउण्टेन गाईड शेर्पाले सन् २०१३ मा नै ‘गाईड अफ द एयर’ पुरस्कार पनि प्राप्त गरे । यससंगै शेर्पाले धेरै पुरस्कार, प्रशंसापत्र र सम्मान प्राप्त गरेका छन् । शेर्पा नेपाल माउण्टेनियरिङ एसोसियसन, नेपाल नेशनल माउण्टेन गाईड एसोसियसन, सगरमाथा आरोही संंघ, यूएस नेपाल क्लाइम्र्बस एसोसियसन र लाईन्स क्लबको सदस्य पनि छन् ।

sanjoksimple

प्रतिक्रिया