नेपाल आमा

इनेप्लिज २०७३ जेठ ८ गते १०:०० मा प्रकाशित

ishwarai-gautam-300x300

छातीमा काडॉ रोपेर
आशुंमा फूल फूलाउन सक्ने
ईमान्दारी साहस
नेपाल आमा तिमीले दियौ।

तिम्रो ईमान्दारीता लाई आज
अभिनय गरेर बेचींदै छ
तिम्रो मन र सान लाई
सस्तो मुल्यमा साटीदैछ ।

किन जन्मायौ आमा
हितलरका गेस्टपोहरु
जसले हरेक नेपाली मरेको छ
किन बनायौ आमा
महंगीको ग्यास च्याम्बर
हर सांझ नेपालीको
भान्सा निभेको छ

परिश्रमी हातहरु
बिदेशी बजारमा
लिलामी भैरहेछन
पौरखी मनहरु आमा
प्रवासमा छटपटाई रहेछन्।

तिम्रो प्रसब बेदना र
दूध को धारा त
हरेक सन्तान मा
उस्तै थियोनि
तर
तिम्रै सन्तानले तिमीलाई
रेटेर मिल्काउदै छन
झुटको खेती गरेर
साशन सत्ता टिकाउदै छन।

तिंमिलाइ सधै हसायेर राखने
तिम्रो शिर लाई सागरमाथा झै राखने
तिंमिलाइ माया गर्ने
शान्ती सन्देश भर्ने सक्ने
बीर सन्तान जन्माइदेउ
यो देस भसीन लाग्यो
आमा माथी माथी उठाइदेऊ…..।

 

प्रतिक्रिया