अमेरिकामा रगरगेलाई भनट्याङ्ग भुनटुंग कहिलेकाही किन घाड़ा भै दिन्छन ?

इनेप्लिज २०७३ जेठ ८ गते ०:३१ मा प्रकाशित

bijay thapa

रगरगे जहिले पनि रगरग हिड्न मन गर्छन l उनीहरुलाई के बर्षात ,के हुरी ,के उत्पात गर्मि ,के हड्डी चिस्याउने स्याठ ,के आपत बिपत केहि संग चासो हुदैन l समय भयो कि चौतारा ,चिया पसल ,भोजनालय ,जमघट हुने थलो आदि ईत्यादीमा पुगी हाल्छन l र साथीभाई ईष्ट मित्र भेटे कि बिबिसी र सीएनएनलाई माथ गर्ने नेपालको राजनीति देखि ब्रम्हाण्ड सम्मको कुरा भनि दिन्छन l चियाको चुस्की,चुरोट र खैनी माड्दै अनि गफ भित्र बाट निकाल्दछन l गफ कहिले सकिदैन र सबै जान्ने हुन्छन l

यस्ता गफ गर्न सिपालु र सिन्को नभाच्ने मानिस थुप्रै अमेरिकामा बिभिन्न माध्यम बाट आएका छन् l रगरगेहरु लबस्तरा पनि हुन्छन l काम धाम साढे बाईस उनीहरुलाई नै भुटेको मासु ,देहरादुने चामलको भात र छाटाको दाल चाहिन्छ l घरमा स्वास्नी दलाएर खान पल्केकालाई अमेरिकामा बेहाल पनि भएको छ l आफ्ना भनट्याङ्ग भुनटुंगलाई कहिले हेर्न फुर्सद नहुनेलाई अमेरिकाले तह लगाई दिएको छ l अमेरिकाको कानुनले पाता कसी दिएको छ l जंगली जनावरलाई जालमा हालेको जस्तो यस्ता रगरगेलाई कठघरामा उभाई दिएको छ l

आफ्ना सन्तानलाई घरमा हेरचाह गर्न नभ्याउने ,वास्ता नगर्ने ,बोक्न नभ्याउने ,समय नदिने बरु साथीभाई तथा इष्टमित्र संग हाहु र डांग डुंगमा समय बिताउने लाई कठिन भएको छ l रगरगेलाई अमेरिकामा आफ्नै सन्तान पनि कहिले काही आपत काल पर्दा पनि कार्यक्रम ,निम्ता ,भोज भतेर ,चाड पर्वमा सहभागी हुन् नपाए पछि रिसले चुर चुर हुन् बाध्य पनि छन l मुर् मुरिनु बाहेक उनीहरुको दाल गल्दैन l

अमेरिकामा उनीहरुले घर परिवारलाई दादागिरि देखाउन सक्दैनन् l लाचार भएर सन्तान हेर्नु पर्ने बाध्य हुन्छन l त्यस्ता भोजभतेर र मनोरंजनका बारेमा साथीभाई र ईष्ट मित्रले बयान गर्दा किट किट हुन् बाध्य भएका छन् l न त छोराछोरीलाई गाली गर्न सक्छन न घरकि श्रीमतीलाई हप्काउन सक्छन l रगरगे अमेरिकामा बिबस छन l हात बाधिएको छ l चार दिवार भित्र बस्नु पर्ने बाध्यता छ l बच्चा बच्ची भएको कारण यस्ता उत्सव छुटेका छुटै हुन्छन l आउन पाउदिन भनि सुचना दिन मजबुर हुन्छन l

तर चकचके र थाम्नै नसक्ने भनट्याङ्ग भुनटुंग भए भने झन् अप्ठ्यारो स्थितिको श्रीजना पनि हुन्छ l अरुको भोजमा उनीहरुलाई लादा सिसा फुटाउलान र अन्य उपद्रो गरि देलान भन्ने डर हुन्छ l नजाने भन्ने चाही हैन l घरमा छोड्ने चलन नहुने र कानुनले नदिने हुनाले जसरि भए पनि यस्ता उत्सवमा लानु पर्ने हुन्छ l रगरगे मध्ये नेता ,बोल्न रुचाउने ,माइक बहादुर ,नेतृत्व गरि सकेका ,भाषण गर्न खप्पिस भएकालाई कार्यक्रममा जान ईक्षुक भए पनि छोराछोरीको कारण घर मै थन्किएर बस्नु पर्ने बाध्यता पनि भएको छ l यिनै भनट्याङ्ग भुनटुंग कै कारण जुनै पनि कार्यक्रममा गयल हुनु पर्ने हुन्छ l जसको कारण रिसाउने बातावरण बन्दछ l खुसाउनु पर्ने हुन्छ l

कहिले काही सन्तान लिएर जाँदा आमा बुवा गम्भीर बिषयमा बोल्दै गरेको अवस्थामा पनि टाडा बाट बच्चाहरुले ———-बा——-बा ——–मम्मी ——आमा भनि चिच्याएको अवस्था पनि देखिन्छ l आमा या बाबु नाची रहेको अवस्थामा मंच मै गै बिथोलिने अवस्था पनि देखिन्छ l अमेरिकामा १२ बर्ष भन्दा मुनिका बच्चा रहे अभिभावक उनीहरुको साथ घरमा अनिवार्य हुनै पर्छ l

मनखुशी सन्तानलाई छोडेर जान मिल्दैन l अटेरी भै गए कसैले खबर गरे हत्कडी समेत लाग्दछ l कैयौ यस्ता घटना घटेका छन् l अमेरिकाको कानुनले बाधेको छ l नेपालमा कहिले आफ्ना सन्तानलाई पाठशाला नछोड्ने रगरगेहरु ,अमेरिकामा संग संगै खेल्न थालेका छन् l उनीहरु संग घुलमिल गर्न थालेका छन् l आफ्ना जहानलाई समय दिन थालेका छन् l श्रीमती काममा भएका बेला पनि भरपर्दो भै काम गर्न थालेका छन् l रगरगेले आमा बाबाको दुबैको भूमिका निर्वाह गर्न थालेका छन् l बरु उत्सव र भोजभतेरलाई तिरस्कार गर्न थालेका छन् l मुटु माथि ढुंगा राखी हास्न पनि थालेका छन् l

आफ्ना भनट्याङ्ग भुनटुंगलाई आफ्ना आमाले भन्दा राम्रो तरिकाले लिटो खुवाउन जान्ने भएका छन् l पोसिलो खाने कुरा पकाउन ,लुगा लगाई दिन र बच्चाको टालो फेर्न पनि उस्ताद भएका छन् l नेपालमा कुम्भकर्ण जस्तो सुत्ने रगरगेले अमेरिकामा पाठशालाको गाडी सम्म छोड्न जान्ने भएका छन् l जे भए पनि ,रगरगेलाई आफ्ना भनट्याङ्ग भुनटुंग कहिले काही किन घाडो भएता पनि औधि माया गर्न सिपालु भएका छन् l स्वदेशको अल्छिपनलाई विदेशमा फुर्तिलोपनमा आफुलाई ढालेका छन् l कार्यक्रममा जान छुटेता पनि ,मनभित्र घाडा जस्तो लागेता पनि प्राण प्यारा सन्तान संग रमाउन जान्न थालेका छन् l

प्रतिक्रिया