साङ्गीतिक नक्षत्रमा चम्किलो तारा बन्दै बाल गायिका-साम्राज्ञी मल्ल (भिडियो सहित)

इनेप्लिज २०७३ जेठ ७ गते १:१८ मा प्रकाशित

13250406_1724235184461325_725287868_n

“बुद्ध हिड्ने बाटो हाम्लाई हिडाइदेउ न, शान्ति के हो बाबा हाम्लाई चिनाइदेउ न” साङ्गीतिक नक्षत्रमा आफुलाइ अब्बल बनाउन कोसिशरत नाम हो साम्राज्ञी मल्ल l कलिलो उमेरमा नै गायन क्षेत्रमा प्रवेश गरेर सबैको मन जित्न सफल बाल गायिका हुन् साम्राज्ञी मल्ल जादुमय आवाजको धनि गायिका मल्ल संगीत लाइ सरस्वति को प्रशाद ठान्छिन l राष्ट्रिय गित गाएर शान्तिको संदेश दिदै अगाडी बढ्दै छिन बाल गायिका मल्ल l मेरीडीयन इन्टरनेसनल स्कुल बालुवाटारमा कक्षा ७ मा पढने साम्राज्ञी मल्ल भर्खर दश वर्ष मात्र लागिन । चार वर्षको उमेरदेखि नै गीत गुनगुनाउन थालेकी साम्रज्ञीको प्रतिभाले अहिले आएर नेपालीसाङ्गीतिक क्षेत्रमा कमाल देखाउन थालेको छ ।

शास्त्रीय देखी आधुनिक, लोक र भजन गीतसम्म गाउन सक्ने साम्राज्ञीले हालै ‘बुद्ध हिंडने बाटो’ नामक एल्बम पनि बजारमा ल्याएकी छन् । सानै उमेर देखी शास्त्रीय संगीतको अध्ययनमा लागेकी साम्राज्ञी भविश्यमा चर्चित गायिका बन्न चाहन्छिन ।आफु गायन क्षेत्रमा प्रवेश गर्नुको श्रेय आफ्नो हजुरबुबा लाइ दिने बाल गायिका साम्राज्ञी मल्ल हजुरबुबाका गित सुनेर साङ्गीतिक क्षेत्र प्रवेश गरेकी हुन् l उहा पुरानो गायक संगीतकार पनि हुनु हुन्छ उनि भन्छिन रेडियो नेपालमा हजुरबुबाको धेरै गीत रेकर्ड भएका छन् । उहाँको गीत सुनेर मलाई पनि त्यस्तै हुन मन लाग्थ्यो त्यही भएर म आफ्नै खुसीले आफ्नो परिवारको प्रेरणाले लागेको हुँ । यसमा मेरो बुवा र ममीले पनि धेरै सहयोग गर्नुभयो र ममीको साथ् र सहयोगले गर्दानै उनीलाई अहिले अगाडी बढ्न सजिलो भएको कुरा उनि बताउछिन l उनि थप्छिन गित संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागि पर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु l

13236034_1724238011127709_842428716_n (1)

मिठो स्वरको धनि बाल गायिका साम्राज्ञी मल्ल साङ्गीतिक नक्षत्रमा चम्किलो तारा बन्नेमा दुइमत छैन ,पढाइमा पनि निकै अब्बल उनि बिद्यालयको हरेक कार्यक्रममा पनि अगाडी छिन l उनको पहिलो एल्बम ‘बुद्ध हिंडने बाटो” मा गुरु थानेश्वर गौतमको शब्द र संगीत छ भने उनलाई मनपर्ने गीतकार डा. कृष्णहरी बरालको शब्दमा पनि उनले गाएकी छिन । बरालको ‘घयार घयार गर्छ मोटरसाइकल’ भन्ने गीत छ र विभिन्न शास्त्रीय रागहरुको मिसाइएको ‘छमछम छननन्’ बोलको गीत पनि छ । त्यसैगरी ‘डुल्छु बाटोमा’ र ‘बुद्ध हिंडने बाटो’ बोलका गीत पनि उत्तिकै राम्रो बनेको छ । भर्खरै मात्र बुद्ध हिंडने बाटो टाइटल गितमा म्युजिक भिडियो समेत बाल गायिका मल्लले तयार गरेकी छिन, यस एल्बम मा पाँच वटा गित समाबेश छन् र चाडै नै उनको दोश्रो एल्बम पनि बजारमा आउदै छ जसको तयारी मा उनि दिन रात लागि परेकी छिन l “बुद्ध हिड्ने बाटो हाम्लाई हिडाइदेउ न, शान्ति के हो बाबा हाम्लाई चिनाइदेउ न” भन्ने मार्मिक राष्ट्रिय गितमा अर्जुन अधिकारिले निर्देशन गरेको छन् भने उक्त म्युजिक भिडियोमा हरि हुमागाई क्यामरामेन रहेका छन्

13220022_1724241381127372_1623366240_n

13235994_1724237294461114_173493266_n

  भिडियो हेर्नु होस् :

प्रतिक्रिया