अनेसास लसएञ्जलस सम्मेलनको तयारी पूरा

इनेप्लिज २०७३ जेठ ६ गते २:५३ मा प्रकाशित

13256251_10204800006920359_7631995273647438574_n.jpg final

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा क्यालिफोर्नियाको लसएञ्जलसमा आगामी शुक्रबारदेखिहुने तीनदिने प्रथम अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलनको तयारी पूरा भएको छ | अनेसासको इतिहासमा प्रथम पटक हुन लागेको यस कार्यक्रममा अमेरिकाका बिभिन्न राज्यका अलाबा जापान, नेपाल, पोर्तुगल , अष्ट्रेलिया , भारत,बेल्जियम, बर्मा, भुटान, बेलायत, नर्वेलगायतका देशमा रहेका अनेसासका करिब तीनदर्जन च्याप्टरका प्रतिनिधिकोसहभागिता रहने छ | कार्यक्रममा स्थानीय नेपाली साहित्यकारहरूको पनि उल्लेख्य सहभागिता रहने छ |अन्तरक्रिया, काव्य गोष्ठी , पुरस्कार वितरण , सास्कृतिक कार्यक्रम र बुद्धजयन्ती कार्यक्रममा सहभागिता जनाउदैसाहित्यकारहरूले लस एन्जेलस घोषणा पत्र जारी गर्ने छन्| यो सम्मेलनले अनेसासका विश्वभर रहेका ८६ च्याप्टरबीच मैत्री र एकताको सन्देश जाने आशा गरिएको अध्यक्ष पदम विश्वकर्माले बताए | उनले भने – यो अनेसासकोइतिहासमा नवीन कदम हो , यसको निरन्तरताले अनेसासको मूल कर्ममा वल पुग्ने छ |

अनेसासका केन्द्रीय महासचिव गोवर्धन पूजा सम्मेलनलाई अनेसासका सारथिहरूको जमघट ठान्छन् |उनी भन्छन् -अनेसासलाई वास्तविक माया गर्नेहरूलाई एकताको मन्चमा ल्याउने च्याप्टरका पदाधिकारीहरूको यसकिसिमको भेटघाटले केन्द्रीय नेतृत्वलाई सही सल्लाह र बल प्रदान गर्दछ | यसले अनेसासको झन्डा विश्वभर फैल्याउन मदत गर्ने छ | कार्यक्रमका संयोजक लसएञ्जलस च्याप्टरका अध्यक्ष शान्तिराम ढकालले सम्मेलनमा आउने सबैका लागि स्थनीय आवास र यातायातको व्यवस्ता गरिएको बताए| उने भने – सम्मेलनको खबरले लसएञ्जलसबासी नेपालीहरू उत्साहित भएका छन्| सबैबाट सहयोगका हातहरू आएका छन् | सम्मेलनका लागि अध्यक्ष विश्वकर्मासहित अनेसास वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, उपाध्यक्ष राम खत्री, महासचिव गोवर्धन पूजा र लसएञ्जलस च्याप्टरका अध्यक्ष शान्तिराम ढकाल रहेको उच्चस्तरीय समिति गठन भएको थियो ।

प्रतिक्रिया