मधेसमा दुई प्रदेशको पक्षमा राप्रपा छः राणा

इनेप्लिज २०७३ जेठ ५ गते १२:३१ मा प्रकाशित

DSC08101

काठमाडौ, ४ जेठ । राप्रपाका बरिष्ठ नेता पशुपति समशेर राणाले नवलपरासीदेखि बर्दियासम्मको प्रदेशबाट पहाडी जिल्ला अलग गरे समस्याको समाधान हुने दावी गर्दै आफ्नो पार्टी दुई मधेस प्रदेशको पक्षमा रहेको स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले बंशजबाहेकका नागरिकलाई उच्च संबैधानिक पदमा नियूक्त गर्न नसकिने भन्दै मधेसमा जति काठमाडौमा आन्दोलन गर्न आन्दोलनकारीलाई सजिलो नहुने बताए ।
नेकपा एमालेका सभासद लालबाबु यादवले राजनीतिक नेतृत्वले सीमांकन गर्दा समस्या आएको भन्दै सीमांकन नेताहरुले भन्दा पनि राजनीतिकशास्त्रि, भुगोलविद्ध, अर्थशास्त्री, मानवशास्त्री र समाजशास्त्रीसहितको विज्ञहरुले मात्रै गर्न सक्ने तर्क गरे ।
उनले सीमांकनमा अधिकार र पहिचान मात्रै नभई सार्मथ्यको कुरा पनि भुल्न नहुने भन्दै यस विषयमा मधेसी मोर्चा आफै स्पष्ट नभएको दावी गरे । उनले भने,‘ मधेसको मात्रै प्रदेश हुँदा त्यसले सस्टेन गर्न सक्छ कि सक्दैन हेर्नु पर्छ ।’
यादवले मधेसको भाग बास्तविक रुपमा राजनीतिक नभई भावनात्मक किसिमको भएको दावी गर्दै जातीय र क्षेत्रीय भावनबाट माथि नउठ्दासम्म समस्या समाधान नहुने ठोकुवा गरे ।
उनले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्दा तीन सिट फरक पर्ने भएकोले त्यो बार्ताबाटै तलमाथि गर्न सकिने भन्दै बहुराष्ट्रीयताको कुरा मधेसमै साझा भाषा, सस्कृति र जाती नभएकोले सम्भव नहुने तर्क गरे ।
यादवले मुलुकमो धेरै आन्दोलनहुँदा सामाजिक संरचना र आर्थिक विकासमा असर पारिसकेको भन्दै अब सबैले यो विषयमा सोच्नुृ पर्ने आवश्यकता औल्याए ।

प्रतिक्रिया