साहित्यकार नीलम कार्की निहारिका अमेरिकाको नर्थ क्यारोलिनामा बस्नु हुन्छ | उहा आफनो जन्म भुमि बाहिर रहेर पनि निरन्तर साहित्य साधनामा लागि रहनु भएको छ | २००७ देखि अमेरिका मा रहनु भएकी निहारिकाको अमेरिकामा रहेर लेखिएको कथा संग्रह कागजमा दस्तखत ,बालमलोबिज्ञानमा आधारित कथा सगंहबेली र डायस्पोरिक बिसयमा लेखिएको अर्की आइमाई उपन्यास प्रकासित थिए | अर्की आइमाईले अति चर्चित हुनुका साथै निहारिकालाई उपन्यासकारको रुपमा स्थापित गरेको थियो | हालै ,आफनो जन्म दिन पारेर निहारिकाको अर्को उपन्यास चीरहरण प्रकासित भएको छ | थप कुराकानी उपन्यासकार संग –
-पचासको दसककि चर्चित कवयित्री किन उपन्यास तिर ?
– त्यो प्रसंन त कहिले काही स्वयमले आफैसंग पनि सोधु सोधु लाग्छ | मैले दिने जवाफ बिषयको माग , बस त्यति हो |
_चीरहरण नाम कसरी जुर्यो ?
-त्यो पनि बिषयबस्तु कै कारणले हो | बस्त्रहरण या चिरहरण भन्ने मा केहि अग्रज र मित्रहरुसंग छलफल पनि भयो | अनि चीरहरण रोजियो |
-लेखन धेरै समय लाग्यो भन्ने सुनिन्छ |
-हो ,बिसय बस्तु नै त्यस्तै पर्यो पहिला त अध्यनमा नै समय लाग्यो |
_महाभारतमा आधारित हो ?
_हो ,तर द्वापर युगको महाभारतले कलियुगका हामीले देखेका भोगेका पात्र पनि बोकेर हिडेका छन |
-अरु स्पस्ट पारीदिनुस न ?
-के अहिले गद्दी मोह भएका धृतरास्ट्र हरु छैनन ? भाई भाई लडाउने सकुनी हरु छैनन् ?अनि के दिनहु नारि अस्मिताका चिर हरणको घटना सुन्नु भएको छैन र ? आमा को गर्भमा आएर पनि जन्मन नपाएका नानिहरुको कथा समाज मा ब्याप्त छ नै जन्मिएर पनि कर्ण नै परित्याग गरिएका नबजात शिसुको कथा पनि कम छैन |
_त्यसो भर द्रोपदीको चीरहरण मात्र छैन उपन्यासमा ?
_यहाँले सहि बुझ्नु भयो | पक्कै पनि द्रोपदी मात्र अन्तिम पात्र होइन जसको भरि सभामा चिरहरण भएको थियो | यहाँ आज पनि भरि बजारमा चीरहरण हुन सक्छ |मेला पात , गाउ –सहर, घर भित्र बाहिर कहिँ सुरक्षित् छैनन नारी | नारिको मात्र के कुरा यहा राज्य कै चिरहरण हुने गरेको छ | त्यो पनि देवर दुशासन बाट होंईन, आफनै सन्तान बाट |
-महाभारतमा आधारित अन्य पुस्तक पनि लेखिएको छ किन यहाँले यहि बिसय लिनु भयो ?
-महाभारतमा एक दुई होइन अझ हजारौ हजार पुस्तक लेखन सकिन्छ | हामिकहा पनि राजेश्वर देवकोटाले द्वन्दको अवसान लेख्नु भएकोछ , बिनोद प्रसाद धितालले योजनगन्धा लेख्नु भएको छ ,कृस्ण धराबासी दाजुले राधा लेख्नु भएको छ | मधाबी पनि महाभारतमा उल्लेख छ | उहाहरुले लिनु भएको पात्र फरक फरक छन | प्रस्तुति पृथक छ | मैले उठान गरेको बिषय र शैली पनि भिन्न छ |
-निकै मिहिनेत गर्नु पर्यो ?
-अबस्य पर्ने नै भयो | एक जना मेरो अग्रजले भन्नु भएको थियो यती समय र मिहिनेतमा एक होईन दुर्र बिद्या बारिधि हुने थियो | अहिले आफै लाई लाग्दैछ ,मैले कसरी लेखे होला चीरहरण ?
-नारिहरु गहन अध्यान गरेर गहन बिसयमा लेखन सक्दैनन् भन्ने हरु लाई त चुनौती नै दिनु भयो नि होइन ?
– किन सक्दैनन् लेखन ?हो समय अभाबको कुरा आउछ | सायद म पनि अहिले घर बाहिर पुरा समय जागिरमा ब्यस्त भएको भए यो पुस्तक लेखन सक्थिन या पाचको ठाउँमा दश बर्स लाग्न सक्थ्यो |जागिर ,घर. बालबच्चा परिवारबाट निस्कने समयमा कति अध्यन गर्नु कति लेख्नु ? म अहिले घर बाहिरको पुरा समय जागिरमा नभएको कारण नै यो पुस्तक आउन सम्भब भएको हो | समयको हिसाबले नारिलाई गाह्रो अबस्य छ तर नारिले लेखन सक्दैनन् भन्ने मा म सहमत छैन |
-कुन पात्रमा बढी केन्द्रित हुनुहुन्छ ,तात्पर्य मुख्य पात्र ?
-प्रतेक मान्छेको जिबन उति नै महत्वपूर्ण हुन्छ यदि महत्वपूर्ण नजरले हेरियो भने | त्यस्तै चीरहरणमा सबै पात्रको आ आफनो भूमिका छ |मैले आफनो लेखन उदेस्य अनुसार पात्र छनोट गरेकी हु |र ति पात्र को पनि जिबनको कुन कालखण्डलाई अधिक प्रस्तुत गर्ने भन्ने निश्चय गरेकी थिए |नारि पात्र कै मात्र कुरा गर्दा पनि ,सत्यवती ,अम्बिका ,अम्बालिका ,गान्धारी ,कुन्ती ,माद्री ,द्रोपदी ,सुभद्रा ,उलुपी सबै मेरा पात्र बनेका छन् |कसलाई कति अभिभारा भन्ने कुरा कथानकमा निर्धारित छ |
-अन्त्यमा पाठकलाई के भन्नु हुन्छ ?
-पढीदिनुहोस | मैले लेखनमा झन्डै पाच बर्स लाएकी छु | पढ्न त्यति समय लाग्ने छैन | मैले धैर्य भएर लेखे समाजको लागि ,यहाहरुले पनि पढीदिनुहोस समाजकै लागि |
प्रतिक्रिया