अमेरिकामा किरा फट्यांग्रा मार्नेले विश्व बैंकमा काम गर्छु पो अरे

इनेप्लिज २०७३ जेठ २ गते २०:०५ मा प्रकाशित

bijay thapa

अमेरिकामा जुनै सुकै काम गरे पनि ईज्जत हुन्छ l सानो ठुलो काम को केहि अर्थ र माने लाग्ने भएता पनि खासै त्यसले केहि असर पर्दैन l काम ठुलो र सानो हुदैन l अमेरिकामा काम भनेको पूजा हो l कामलाई अपहेलना गरिदैन l जे सुकै पनि काम गर्ने चलन छन् l विश्व भर बाट कमाउन आएका जो सुकैले पनि जस्तो पनि काम गर्न सम्झौता गर्दछन l अनिवार्यता छ l

काम गरेन भने अमेरिका ससुराली र मामाको घर गए जस्तो हुदैन l मुखमा माड परेन भने भुडी दाप्से पर्छ l पेटमा अन्न परेन त्यो भन्दा कठिन दिन कहिले हुँदैन l जीवन चलाउन कमाउनु पर्छ l कुन पेशा र काम को प्रवृतिको कुनै अर्थ रहदैन l आफु र परिवारलाई बच्न र बचाउन कुनै पनि काम गर्ने पर्छ l अमेरिका छिरे पछि ,सात समुन्द्र आए पछि मानिसले आफ्ना घरका तथा अन्यलाई आफ्नो पेशाबारे पुरा किताब खोल्दैनन l

यथार्थता भन्न जरुरि पनि हुदैन l नेपालमा परिवारलाई भोकै राख्न नदिन अमेरिका भासिएकाले सम्झौता गर्न बाध्य हुन्छन l अस्थाई रुपमा कुनै पनि प्रकारका दुख र कष्ट बेहोर्न तयार हुन्छन l तर पनि नेपालमा मान प्रतिष्ठा ,ईज्जत ,सामाजिक उच्च मान सम्मान भएकाले अमेरिकामा कल्पना गरे जस्तो काम नपाउदा आफ्नो काम बारे आंशिक लुकाउने पनि गर्दछन l

नेपालमा प्रसस्त पैसा खेलाउने मानिस अमेरिका टेके पछि अधिकांशले आफु र परिवारको लागि कुनै हालतमा कर्म थलो बनाउने विचार गर्दछन l चुईक्क परेर काम गर्ने गर्छन l आफ्नो पढाई ,अनुभव र क्षमता अनुसार काम पाईएन भने अमेरिकाबाट आफ्ना परिवार र नजदिकका लाई बाहेक धाक लगाउनु पर्ने मानिसलाई साचो नभनी बढाई चढाई गरि ठुला पद भन्ने नेपाली समुदाय पनि फेला पर्दछन l यस्ताको शिकार र यस्ता धाक दिनेहरु हामी संग पनि साक्षात्कार नभएको हैन l यसो भनि दिदा लोकलाज हुन्छ भन्ने मान्यताले यसरि ढाट्ने पनि गरिन्छ l

कैयौ पटक यस्ता खोक्ने नेपाली समुदाय भेटिन्छन l उहिले उहिले जे भन्दा पनि पत्याउने चलन थियो र फाट्ट फुट्ट मात्र नेपाली अमेरिकामा देखिन्थ्ये l तर अहिले बथान का बथान र हुलका हुल हुन्छन l अनि म फलाना काम गर्छु भन्यो भने अर्कोले उसलाई त्यो काम मा पो देखेको थिए भनि भनि दिन्छन l अनि साथीभाई ,आफन्त ,ईष्ट मित्रको अगाडी नराम्रो हुनु भन्दा कुरा खोलि दिन्छन l नसोधी भन्ने चलन हुदैन तर सोधे पनि संक्षेपमा मात्र भन्ने चलन छ l

अमेरिकामा सम्झौता गर्ने अगाडी बढ्छ र काममा सम्झौता नगर्ने दुई बल्ड्याङ लड्छ l अब अमेरिका छिरेका कसैले पनि आफ्नो काम बारे ढात्न सक्दैनन् l ढाटेर अब नेपाली समुदायले पत्याउने वाला छैनन् l किनभने नेपाली समुदायको जन घनत्व निकै बढेको छ l यता नेपाली ,उता नेपाली ,अगाडी नेपाली र पछाडी पनि नेपाली नै काम गर्ने भेटिने हुनाले झुक्याएर झुक्किने अवस्था अब रहेन l म फलाना काम गर्छु भनि धाक लगाउने लाई अब गार्हो पर्ने भएको छ l

डेढ दशक तथा दुई दशक अगाडी अमेरिका छिरेका नेपालीले अधिकांशले आफ्नो काम बारे सबै कुरा भन्दैन थिए l उनीहरुले के काम गर्छु भनि अधोपान्त वर्णन गर्दैन थिए l झन् दुई दशक अगाडी आउनेहरुले काम पाउन निकै संघर्ष गर्थे l विविधता चिट्ठाको माध्यम बाट बर्षेनी हजारौ हजार आउने भएकोले यत्र तत्र सर्बत्र नेपाली समुदाय भएकोले आफुले गरेको काम कतै न कतै बाट रहस्य खुलिने हुनाले काम को प्रवृति र ईलम बारे अरुलाई आँखामा धुलो हाल्न सकिदैन l

अमेरिकामा नेपाली समुदाय काम नगरी बस्ने गर्दैनन् l काम नगरी बसे ,अमेरिकी सरकारले महाराजधिराज नेपालबाट आउनु भो भनि पुष्प गुच्छा सहित भब्य स्वागत गर्दैन l ८४ व्यंजन पनि खुवाउदैन l अमेरिकाले पाखुरी चलाउ ,परिश्रम गर र जीवन बनाऊ भन्ने मात्र गर्छ l

अमेरिकामा काम बारे सोध्ने त्यति धेरै चलन छैन l ज्यादा सोधे अस्वाभाविक मानिन्छ l अमेरिकामा बिदेशीहरुले काम बारेमा एक दुइ शब्द सोधे पछि गहिरिएर सोध्ने गर्दैनन l नेपालमा माथिल्लो दर्जामा काम गरेकाले अमेरिकामा सानो काम गर्नु पर्ने समेत हुँदा हिनताबोध पनि हुन्छ l आफन्त ,साथीभाई ,कुटुम्ब आदिले नेपाल छोडेर बित्थामा दुख पाउन अमेरिका जानु भाको भनि कसैले भनि दिदा अझ मर्माहत हुन्छन l त्यस्को लागि ओखति नै जे काम गरेता पनि अलिक बढाई चढाई गरेर भनेका हुन् कि ?

तर अब परिस्थिति परिवर्तन भै सकेको छ l आफ्नो काम बारे खुल्लम खुल्ला भन्ने समुदाय पनि छन् l अमेरिकामा काम गर्नेहरुलाई के काम गर्छस भनि सिधा प्रश्न राख्नु भन्दा अगाडी एक पटक मिलाएर सोध्ने गर्दा उत्तम हुने हो कि त ? सायद यहि कारण बाट त्रसित भएर होला सामान्य किरा फट्यांग्रा मार्ने पेशामा काम गर्ने नेपाली मूलको मानिसले विश्व बैंकमा काम गर्छु भनि धाक लगाएको सुनिएको छ l अर्को सामान्य काम गर्ने मानिसले सयुक्त राष्ट्र संघमा काम गर्दै छु भन्ने उडन्ते गफगाफको क्रममा नसुनिएको पनि हैन l वास्तविकता बारे अनुसन्धान र खोज गर्नु भन्दा पनिं यस्तो भन्नु पर्ने परिस्थिति कहिले कुनै नेपालीको मन न उब्जियोस l

काम बारे खोतल्ने ,होच्याउने र आफु होच्चिने भएकोले यस्तो अवस्थाको श्रीजना नहोस भन्नको लागि झुटोको सहारा लिन कसैलाई नपरोस l अझ पनि अमेरिकामा काम बारे सबै कुरा सोध्ने परिपाटीलाई अस्वाभाविक मानिन्छ l ख्याल गरौ l कसैको चित्त नदुखाऔ l कसैले त्यस्तो धाक नदिऔ l

प्रतिक्रिया