पशु दोसल्ला जिन्दावाद !!

इनेप्लिज २०७३ वैशाख ३१ गते २३:३० मा प्रकाशित

 

sarbagya waagle

दोसल्ला भन्नाले किनारा कार्बोची बुट्टाँ खुट्टाले अडिएको बीच बीच केही फुलबुट्टाले दुईसरो उनिको मुल्यवान अोढने धरो भन्नु पर्दैन होला । विशेष गरी बिहा बेहुला तर्फबाट बेहुलीलाई लगिने महँगों खालको उनीको खास्टो अर्थात भनौ भने कुनै विशिष्ट व्यक्त्तित्व सम्मान खाँतिर अोढाइने राम्रा राम्रा खास्टा लास्टाँ गतिला लाई गरेनन वास्ता म भन्दिन् के रे हजुर ।

म सानो हुँदा मेरा हजुरबा आमाले घराँ पूजा लगाएको देख्याथेँ । चाहे रुद्री लगाउँदा होस चाहे सत्यनारायणा पूजानै लगाउँदा किन नहोस । मन्दिर भित्र ठाउँ ठाउँमा चोखो कपडाको दोसल्लाले घेरिएका कलसहरु, मन्दिर माथि टाँगिएको झलझल परेको किनाराहरु भएको चँदुवालाई म साना माना सरी सेलरेटी खाँदै रमाउँदै बाबा, आमा र पण्डितजी सँग सोध्थे पनि ‘यो के हो ‘? ‘यो किन राखियो यसको मतलब के हो?’ कहिले काँही त मेरा प्रश्नको वर्षाले आमा अर्सा बनाउनै विर्सनु हुन्थ्यो ।

त्यती मात्रै किन हुनु ? गाई तिहारमा गाईको पूजा अरेर टाउकाँ बाऊको चोखो हातले धजो गाइको सिङा तेल लगाएर बाँधि दिनु भएको माली गाईको अनुहार र सिँङा रङी चंगी दोसल्लाले असाध्यै राम्रो देखिने । त्यस्तै गोरु तिहारमा गोरुको टाउकाँ बाउकै हातले गोरूले लात नहान्दा सम्म सिंगाँ, खुराँ धजाले टिकाले र रङले मात्रै हो र मालाले पनि आमैनी यो के गर्नु भएको भनेर सोध्दा त्यो दिन बुवा र आमाले गाई र गोरु भन्दा ठूलो यस संसाराँ कोही पनि छैन भन्दै गरेको व्याख्यानले त मलाई आख्यान लेख्नु पर्ला भन्ने लाग्थ्यो । मलाई लाग्थ्यो भोली देखी यसरी नै पूजा अरिन्छ । गाई त साक्षात लक्ष्मी पो । अर्को दिन कुकुरको लर्को आ मा मा कुकुरको पूजा गरी अोरी घाँटियाँ माला लगाई दोसल्ला अोढाएर मेरा बाबा, आमाले पूजा मात्रै गर्नु हुन्थ्यो । लाग्थ्यो त्यो दिन कुकुर वाहेक यो संसारमा अर्को ठूलो कोही पनि छैन होला । जय शंकर भोला, झण्डै मैले ढ़ोगेको जे जे होला होला…।

म आँफै पनि सम्झन्छु कुकुर जस्तो देवतालाई त्यत्रो मान सम्मान गरेर लगाइ दिएको माला अोढाइ दिएको दोसल्लाको वास्तै नगरि तोरिवारी माडन दौडि हाल्थ्यो । फेरी यो तिहार पनि कात्तिक मंसिर ताका पर्नु पर्ने, कुकुरनीको पछी कुकुरै कुकुर दगुरनु पर्ने । हैन अरु कुकुर दौडे पनि त्यो दोसल्ला अोढेको कुकुर त त्यसरी नदगुरे हुनेनी हैन र ? कस्तो लाज नभएको कुकुर ? त्यस्तै त होनी पुजा अर्या गाई वर्तेर झन दोसल्लाको दोलो काटदै मान सम्मान ख्यालै नगरेको देख्दा हाम्रो मनले राम्रो नमानेको हो । त्यस्तै पुजा आजा गोरूको चालमाल झन बेईमान ! खैत दोसल्लाँ ईमान ? गोरू पनि कुकुर जस्तै दौडेको दौडै गर्नु पर्ने नकचरो कहाँको ? यो दौड पनि सबै गौड़ हुन्न केरे पत्याए पत्याउनुस नपत्याए नपत्याउनुस् देश वन्दाँ, कमिशनको फन्दाँ,कुर्सीको धन्दाँ, विदेश जाने मन्मा, सेमिनार हुन्छ तनमा संसाराँ नेताजी दौड्नु हुन्छ वचनॉ सर्वश्रेष्ठ वन्ने सपनाँ दोसल्ला ओड्ने जपना । वा वा दोसल्ला तिमीलाई मैले माने ! तिमी त सबैलाई घोड़ा वनाउने रहेछौ र जताततै छाउने रहेछौ l नाउँ पनि कमाउने रहेछौ l त्यो लाजमर्दो ठाउमाँ जाउँ जाउँ पनि वनाउने रहेछौ ।

पशुपती नाथा मन्दिरको बारेमा हामीले पढेका थियौ । धेरै पछी म पनि काठमाडौं बुवासँग श्री पसुपती नाथको चरणाँ धर्माँ शरण माग्न गएँ । पशुपतीनाथ चारै ढोका खुले पनि हामीले भने बाहिरै झयालबाट राम्रो सँग भगवानलाइ हेर्न पाइएन । तर चारै ढोकाँ पैसोंले पशुपती नाथ भक्त्त,पशुभक्त्त पशुपतिनाथा पुजारि पशु पुजारी महाराजलाई ठूला ठूला दानले मान किन्न सक्ने व्यापारको धन जसलाई भन्नु भने राम्रोसँग नेपाली आँउदैन उहाँहरु मात्रै भित्रै छिर्नु पूजा गर्नु भगुवानका सरण पर्नु श्री पशु पतीनाथको विकास गर्नु हो नी l

हाम्लाई पशु पुजारी महाराजले पशुपती नाथ भगवानका चारैतिर द्दारमा उभिनु भएका पशु द्दारे महाराजले देख्नासाथ पैसावाला र पैसा नभएका अर्थात हाताँ फुल पाती र माला जातीसगँ आफ्नै हातले झ्याप्पै पशुपती महाराजका परिसराँ धरोहाल्ने श्री रामचन्द्रका सेना पशुपती नाथका संरक्षक बाँदर महाराजले जस्तै च्याप्मै पारेर प्रसाद भित्र फाली हाल्नु भयो भगुवानले पाउनु भयो । मैले पनि ठेलिंदै भगवानको चरणा मेरा नयन शरण गराउन भ्याइ हाले महाराज पशुपती अर्थात पशुका मालिक शीवजीको शीवलिंगा टुप्पाँ दोसल्ला रङिचंगी झुप्पा देखेर चाँही मलाई लाग्यो यो दोसल्ला पनि कहाँ कहाँ टाँगिनु पर्ने ?

त्यो मेरो बाल मनस्थितिको दोसल्लाको सम्मानॉ दोसल्ला बर्को पशुहरुको लर्को कहाँ कहाँ हेर्नेलाई नहोस् झर्को दोसल्ला वाहेक छैन अर्कों । अचम्मै लाग्यो बा । त्यही वर्ष मेरा बाबा आमाले मलाई ब्रतबन्ध गराइ दिनु भयो । आहा लाठे भएर गरेको ब्रतबन्ध एका तिर लाज र शर्मा अर्को तिर धर्माँ संकट परे पनि जे होस् व्रतवन्धा झन्झट त टर्योनी । मेरो व्रतवन्धाँ ढयाक्कै त्यस्तै चोखो धजाले चार इञ्चको सराले मलाई लगोटी बनाइ बेरिएर नांगै भिक्षा माग्दै हिँडनु पर्ने त्यसाँ पनि सबै इस्टमित्रले चोखो धजोलाई लँगौट्टी भनेको सुन्दा म कन्फयुजॉ परें श्री पशुपती नाथ भगवानको दोसल्ला जस्तो पँहेलो र चोखो कपडालाइ लँगौटी भन्ने नामले मलाई मान र दान दोसल्ला सम्मान छुट्याउनै गाह्रो भयो । दामै त होनी यो दुनीयाँ दोसल्ला ओढेनी,मान प्रतिष्ठा वढेनी,धेरै पढेनी,पदाँ चढेनी,जे जे गरेनी दामै दमड़ी हुँदोरहेछ ।

अरू त अरू मेरो विर्खे भाइको कुरो म गरूँ कि नगरूँ ? मेरो विर्खे भाइले सुर्वालाँ सु गर्ने उमेराँ चोर्या गुच्चा गुडाउँथ्यो । चोरेरै र लुटेरै जम्मा गर्या धना सेषीले मनग्गे नाउँ कमाएको देखियो भनेर भन्न नहुने । म सुन्दैछु मेरो भाइ वृषु उखुवारीयाँ गाड्या धन वोकेरै रोकी नसक्नु दमड़ीवाल भएछन् । दमडीकै दमले गमेरै होला नामका अगाडि वृखेवाट श्री वृखजी र झन झन दमडी जम्मा गर्दै नामका अगाडि श्रीमान वाट, माननीय,सम्माननीय, महामहिम के के हो के के को पगरि भर्दै तरक़्क़ी गरेको छ भन्ने सुन्दा वधाई छ वावु वृषु भन्दिन्छु लु जा ।

मैले सुनेको वावु वृषुले अवहुने कार्यक्रमको गन्ध मन्दसँग थाहा पाउना साथ धन्दा नमानी मोवाईलाँ घण्टी यस्सो घुमाउँदै आफ्नो वसाँ नपर्दा सम्म दमडीकै पौचले दोसल्ला दौंतरीका अगाडि चौतारीका चौके वन्दै दुनीयाँलाई पछाडि पार्दै भाषण झार्दै पद पावर र पैसाको आडाँ भाडा असुल्छ रे । पैसालाई नै शक्तिशाली मानेरै होला उसले पैसाकै लागि दाइ पनि भनेन, भाइ पनि भनेन,गाई पनि भनेन, दिदी पनि भनेन, वैनी पनि भनेन, आमा पनि भनेन, बाऊ पनि भनेन,देश पनि भनेन,समाज पनि भनेन,ज्ञान पनि भनेन,मान पनि भनेन,विवेक पनि भनेन,विश्वास पनि भनेन,त्यसैले उसले पैसालाई महत्व दियों र पो आज दोसल्ला भिर्यो ।

दश पटक फ़ोन गरेर पनि कार्यक्रम चलाउनेवाई फकाईहाल्छ वजीयाले अनि अरूलाई भन्छ ‘ उसले मलाई फ़ोन गरेर हैरान पार्यो ‘ । हैन यो दोसल्ला पनि कस्तो मेरै काले भाई जस्तो लाज नभएको नकचरो लाज पचाएको मै जस्तो हैन त हजुर ? आँफै कार्यक्रम गर्ने आँफै दोसल्ला भिर्ने के के न आफ्नै वखान गर्दै समाजाँ छिर्ने…. मलाई लाग्यो मेरो भाइमोरो त गोरूको आंगमा वसी रगत चुस्ने सँच्चैको किर्ने दोसल्ला त गोरू तीहाराँ गोरूले भिर्ने,गाई तिहाराँ गाईले भिर्ने, पशुपतीयाँ शिवलिंगले भिर्ने र कुकुर तिहारमा कुकुरले भिर्ने त्यसैले म भन्छु पशु दोसल्ला जिन्दावाद ! हजुरहरू भन्नुस जिन्दावाद !! जिन्दावाद !!!

प्रतिक्रिया