दुई थाल टन्न खाएर अझ …भने जस्तो स्वाद पो भएन अरे !

इनेप्लिज २०७३ वैशाख ३१ गते २:१८ मा प्रकाशित

bijay

हे दैव ! हामीले कहिले सिक्छौ होला शिष्टचार l हामी हाम्री देशमा मात्र हैन अन्य मुलुकमा पनि हाम्रो लागेको बानि छोड्दैनौ l भोज भतेर गर्न नेपाली समुदायलाई अब अरुले नउछिन्ने भएका छन् l भोजको नाममा जमघट जिन्दाबाद हुन् थालेको छ l निउ मात्र पाउनु पर्छ कुदी हालिन्छ l पटक हामी भोज भतेरमा सरिक हुन्छौ l तर हामीले अन्त्यमा टिका टिप्पणी गरि हाल्छौ l कुरा पनि काट्दछौ l

पाहुना लाग्न जानु छ l उल्टै खुवाउनेको कुरा काटेर ,हामी घर आउदा बाटोभरि खानेकुराका बिषयमा चर्चा परिचर्चा गर्छौ l राम्रो खुवाए सबै ठिकै थियो ,तर भन्ने जोडी हाल्छौ l खुवाउन त खुवायो तर के के नमिलेको जस्तो थियो भनि पछाडी कुरा काट्छौ l

खाए पछि कुरा नउठ्ने हैन l तर कहाँ अलिकति मात्र हो र ? रिकापी र थाल भरि खाने ,अनि बाह्र बत्ताईसको कुरा काटी हामी समय पनि बिताउछौ l यो हामीले उहिले देखि लागेको बानी अमेरिकामा पनि झुन्ड्याएर ल्याएका छौ l अमेरिकामा पनि त्याग गर्न सकेका छैनौ l

यो पंक्तिकारले केहि समय अगाडी अमेरिकामा हरेक कुरालाई अहा भन्नु पर्ने बिषयमा कलम चलाएको थियो l यसै गरि अमेरिका जहा पाहुना लागे पनि अहा क्या मिठो l सार्हो स्वादिलो बनाउनु भएछ भन्नु पर्ने एउटा शिष्टचार रहेको छ l चाहे त्यो खानै नहुने भए पनि मिठो बनाउनु भएछ l कसले बनाएको भन्ने गरिन्छ l नुन चर्को भए पनि कहाँ बनाउन सिकेको हो भनि प्रोत्साहन गर्ने चलन छ l

खानपिनको आयोजना गर्ने मानिसलाई कहिले निरुत्साह गरिदैन l भात डढेर माम्री लागेता पनि झन् मिठो पो भएछ भनि उत्साह जगाईन्छ l तरकारी काचो भएछ भने पनि यस्तैले फाईदा गर्छ भनि खाने गरिन्छ l आतिथ्यलाई हृदय दुखाईदैन l तर घरको लक्ष्मीले नमिठो बनाएको छ भने निकै घोचपेच हानिन्छ l खाना नमिठो भयेओ कारण हप्काई दप्काई गरिन्छ l

अमेरिकामा सप्ताहान्तमा जहिले पनि भोज भतेर र बिभिन्न उत्सब ,चाड पर्वको आयोजना गरिन्छ l सप्ताहान्तमा आयोजना गरिएको खानपिन तथा भेटघाटमा राखिएका परिकारलाई स्वाद मानेर खाने गरिन्छ l अमेरिकन संस्कृतिले सिकाएको एउटा पाठ पनि हो l

खाए पछि नुनको सोझो हुनु पर्छ भन्ने नेपाली भनाई छ l नेपालमा जे भन्दा पनि हुन् सक्छ l त्यति त्यसमा दुख मनाईदैन किनभने भुडी फुट्ने गरि खायो अनि घाटी बाट छिर्न गार्हो भए पछि छ्या अझ मिठो हुने थियो l घिऊ लोभ गरेर कम हालेछन मासुमा भनि आफै कुरा काटदछौ l मासुको परिकारमा पनि त्यस्तै टिका टिप्पणी काचो बनाएछन भन्नेले एक पाउँ देखि आधा किलो सम्म थाल भरि चट बनाई सकेका हुन्छन l गणेश भगवानको पेट जस्तै खान सम्म खाएर जस्ले ऋणपान गरेर खुवाएको छ उसलाई उल्टै बदेलको मासु र हरिणको सुकुटी भएको भए बिबाह भोजको रौनक नै अर्को हुन्थ्यो भनि सजिलो संग भनि दिन्छौ l

पुर्याउनेलाई कति गार्हो छ l भोज भतेर खुवाउन पनि बेपत्ता खर्च हुन्छ l समय ,मेहनत ,सरसामान जुटायो अनि थाली भरि चुली भरि हरेक परिकार लियो अनि अपजस चाही भान्से को हो ? फलानाले यस्ता खाने कुरा राम्रो बनाउने थियो l दुई थाल खाई सके पछि अट्ने ठाउँ नै नभए पछि भनेको जस्तो अझ भएन भनि दिदा कन्सिरी कसको तात्दैन त ?

उनीहरुले नै मसला अझ पुगेन होगी ? पिरो चाही अझ राख्नु पर्ने थियो l जीवनमा अनगिन्ती पटक यस्ता भोज भतेरमा सहभागी हुने अधिकांसले सुनेको हुनु पर्छ l यो पंक्तिकारले पनि सुनेको छ l नेपालमा हुदा यस्तो टिका टिप्पणी आफुले पनि उठाईएको हो l अमेरिका आए पछि यहाँको माटो ,संस्कृति,रहन सहन आदि ईत्यादी बाट पाठ सिकिएको छ l र ,सिक्नु पनि पर्छ l यस्ता शिष्टचार शब्द चयन गर्न जानेनौ भने अप्ठ्यारो स्थितिमा परिन्छ l

नेपालबाट अमेरिका आउने आगन्तुक होस् या अमेरिकामा आएका जो कसैले पनि यस्ता शब्दहरु प्रयोग गर्नु नपरोस l जति खान सक्ने खाऔ l अटस मटस हुने गरि पनि खाऔ l तर दुई थाल र रिकापीको चुली सम्म आउने गरि परिकार खाए पछि , भने जस्तो अझ भएन चाही नभनौ क्यार ! यसैमा सबैको भलो हुनेछ l अहा क्या ! स्वादिलो भन्ने बानी बसालौ l

आगे यहाको मर्जी……………….

प्रतिक्रिया