लस एन्जल्स, १२ मे / नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा १५ मे २०१६ आइतबार रक्तदान कार्यक्रम हुन् गईरहेकोछ । अर्गनाइजेशनले अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । बिहान नौ बजे देखि दिउसो ३.०० बजेसम्म श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिर नर्वाल्कमा हुने रक्तदानमा भाग लिनको लागि सम्पूर्ण साउदर्न क्यालिफोर्नियाबासीलाई संस्थाले अनुरोध गरेको छ ।
संस्थाले विगत तीन वर्षदेखि हरेक तीन-तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । २४ जनवरी २०१६ मा संस्थाले आयोजना गरेको कार्यक्रममा पचास भन्दा बढी व्यक्ति रक्तदान गर्नका लागि सहभागी भएका थिए ।
हरेक व्यक्तिले गरेको रक्तदानले तीन जनाको जीवन रक्षा हुने गर्दछ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकबर्ष अमेरिका बाहिर नगएको हुनु पर्दछ । सामान्य अवस्थामा ६ हप्ता पछि पुःन रगत दिन सकिने भए पनि प्लेटलेट चाही हरेक दुई साता पछि दिन मिल्दछ ।
प्रतिक्रिया