फरक समय–फरक सन्दर्भ

इनेप्लिज २०७३ वैशाख २९ गते १०:४४ मा प्रकाशित

 

pradip

मुस्कानभित्रको कुटिलता, सुन्दरताभित्रको कुरुपता अनि बौद्धिकता भित्रको दरिद्रता देखिनु र हुनबीच कति ठुलो अन्तर हुन्छ यो अन्धो समाज कसरी बुझ्न सकोस् वास्ताविकता…?

मानिसले भन्छ पैसा भए केहि गरेर देखाउने थिए, तर पैसाले भन्छ केहि गरेर देखाएमा म तेरै हातमा आउने थिए र पनि केहि गर्न सकिरहेको हुँदैन, हाम्रो स्वभाव नै अजिवको छ, पौडन नजानेर डुब्यो भने, पानीलाई दोष दिने, हिड्न नजानेर लड्यो भने ढुंगालाई दोष दिने अनि जीवनमा केहि गर्न सकेन भने भाग्यलाई दोष दिने यो कस्तो प्रवृति ? अरुलाई दियो बालेर प्रकाश छर्दा आफु वरिपरिपनि उज्यालो हुन्छ भन्ने कुरा र चन्दन घोटेर कसैको निधारमा लागाई दिदा आफ्नो औला पनि सुगन्धित हुन्छ भन्ने कुराको हेक्का पनि राख्न सकिरहेका छैनौं ।

बाल्यकालमा हामीसंग घडी थिएन, तर पनि प्रसस्त समय थियो तर आज सवैसंग घडी छ तरपनि कसैसंग समय छैन के हामी औवसरबादी भएका हौं ? यो दुनियामा कोहि कसैको पनि आफ्नो हुदैन, लास चित्तामा जलिरहेको अवस्थामा पनि आफ्नैले सोध्छन यो लास जल्न अझै कतिवेर लाग्ने हो……!

हामी निरासावादी नै हौत ? निरासाबादी हरेक अवसरमा कठिनाई देख्छन, आशावादी हरेक कठिनाईमा अवसर देख्छन तर अहिले त अवसर पाउँनेपनि अवसरवादी भएको देखिन्छ किन मानिसमा एक आर्कासँग विश्वास नै छैन ? जव खुसीको एउटा द्धार बन्द हुन्छ, अर्को खुली हाल्छ तर…हामी बन्द द्धार हेर्दै खुल्ला द्धार विर्सन्छौं ? यहाँ त सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे मात्र पुग्ने रहेछ । किनकी दुःखै दुःखको अनुभूतिले पनि सुखको अनुभव हुँदो रहेछ ।

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर सबैले भविष्य बदल्न त सक्छौं..नी…तर कस्ले गर्ने भविष्य प्रतिको चिन्ता ? विनासकारी भुकम्पले धेरैको ज्यान गयो, धनजनको ठुलो क्षति भयो, यस्तो दुःखद र पिडादायी अवस्थामा राज्यले एक वर्ष वितिसक्दा पनि केहि चासो देखाएको छैन, मुहान ठिक छैन भने सुनको धारा जडान गरेपनि पानी त फोहर नै आउछ नै, त्यो मुहान ठिक पार्ने कस्ले ? भुकम्पबाट चर्किएका र मर्किएका ढल्नै लागेका जिर्ण घरको कोठाहरुमा व्यापार, व्यावसाय गर्न खोज्नु कसैको बाध्यता, विवस्था वा आवश्यकता नै हो त ? कतै हामी भविष्यलाई छोडी भूतकाल समात्न खाजेको छैनौ ? जित्नेहरुलाई त दुनिया छ, जितमा सबैले तालि बजाउछन्, हार्नेलाई साथ दिएर त हेर ! अनि थाहा हुन्छ आशु कसरी लुकाइन्छ भनेर……

जीवनमा कहिले काहि यस्तो समय पनि आउने गर्छ, जसलाई हामीले धेरै मायाँ गछौं, उसैले नै हामीलाई धेरै रुवाउने गर्छ । तर पनि मायाँ गर्न छोड्नु हुन्न किनकी जव उ एक्लो हुनेछ त्यतिवेला त्यो हामीभन्दा बढी रुने गर्छ । हामीले खुसीको लागि काम ग¥यौ भने खुसी पाउन सकिन तर खुसी भएर काम ग¥यौं भने सबैथोक पाईदो रहेछ । मानिसले ध्यान, जप, पुजापाठ गरिरहनु पर्दैन, सहि मार्ग हिड्नु, सत्य बोल्नु सबैको भलो गर्नु परोपकारीमा लाग्नु, आफ्नो लागि भन्दा पनि अरुको लागि सोच्नु अनि आफैमा भगवानको स्वरुप प्राप्त भएको अनुभूति हुँदो रहेछ ।

अन्तमाः जव मृत्यु हुन्छ, हामी लाश हुन्छौं अनि मानिसहरुले भन्ने गर्छन् त्यस लाशलाई एता लैजा उता लैजा तर आफन्त वा कसैलेपनि लासलाई नाम लिएर बलाउदैन, त्यसैले जिउदोमा अवसर लिर्नुपर्छ आफुलाई मन पर्ने कुरा खानु र लाउनु पर्छ, सधै हासो र खुसीमा रम्ने रमाउने गर्नुपर्छ, खरावै किन नहोस मस्तसँग नाच्ने गाउने गर्नुपर्छ, हाम्रो मृत्यु जीवनको ठुलो क्षति होइन, क्षति त त्यतिवेला हुन्छ, जव जिवन हामी भित्र मरेको हुन्छ । अतः हामी यसरी बाँचौ ताकीः जव संसार छोड्छौं हाम्रो मुहारमा मात्र खुसी होस् अरु सबै हामीलाई सम्झेर रोईरहेको हुन ………………….

प्रतिक्रिया