अमेरिकामा पासपोर्ट डिसी उत्सव भव्यताको साथ सम्पन्न

इनेप्लिज २०७३ वैशाख २६ गते २:०९ मा प्रकाशित

IMG_9822

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा हरेक बर्ष मनाइने पासपोर्ट डिसी उत्सव २०१६ भव्यताको साथ सम्पन्न भएको छ l वाशिंगटन डिसी स्थित नेपाली दूताबासले हरेक बर्ष सहभागिता जनाउदै आएको पासपोर्ट डिसी २०१६ उत्सव अबलोकन गर्न करिब दुई हजारको संख्यामा पर्यटकहरु आएको दुताबासले जनाएको छ l

पासपोर्ट डिसी कार्यक्रमको आयोजना सांस्कृतिक पर्यटन डिसी नामक गैर मुनाफा संस्थाले गरेको हो l पासपोर्ट डिसी २०१६ उत्सवको मुख्य उदेश्य पर्यटन तथा डिसी क्षेत्रमा बसोबास गरी रहेका स्थानीय समुदायलाई बिभिन्न राष्ट्रहरुका संस्कृति तथा परम्परालाई सम्बर्धन तथा प्रवर्धन गर्नु हो l

IMG_9755

उत्सव कार्यक्रम बिहान १० बजे देखि बेलुका ४ बजे सम्म खुला गरिएको थियो भने स्थानीय तथा वरीपरीका समुदायले विभिन्न दुताबास अबलोकन गरि बिभिन्न देश सम्बन्धि बिबिध कुराको जानकारी हासिल गरेका थिए l नेपाली दुतावासले राजदुत निवासमा उक्त कार्यक्रमको आयोजना गरेको थियो भने हरेक बर्ष सोहि राजदुत निवासमा गर्ने गरेको छ l

डिसी महानगर क्षेत्रमा गत एक हप्ता देखि परि रहेको झरी र चिसोको कारण प्रतिकुल असर पर्ने सम्भावना देखिएता पनि आज मे ७ तारिख झरी बन्द भएको कारण सदा झैँ पर्यटकको घुइचो लागेको थियो l अधिकांश दुतावासहरु वाशिंगटन डिसी को म्यासाचुसेट्स सडकमा रहेको भएता पनि नेपाली दुताबास अलिक भित्र अवस्थित रहेता पनि नेपाल सम्झेर दुताबासको भ्रमण तथा अबलोकन गर्न प्रसस्त पर्यटक आएका थिए l

IMG_9677

पासपोर्ट डिसी उत्सवमा सहभागी जनाउन नेपाली समुदायका संचार कर्मी, समाज सेवी, बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि, व्यवसायी, स्थानियबासी तथा बिभिन्न राष्ट्रहरुका पर्यटकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो l

नेपालको संस्कृति, कला तथा परम्परालाई प्रबर्धन गर्ने हेतुले राजदूत निवास कक्षमा व्यवसायीहरुले आफ्ना सामाग्रीहरुको प्रदर्शन गरेका थिए l बिदेशी पर्यटकहरुले अवलोकन गर्दै नेपालका सामग्री खरिद समेत गरेका थिए | यस्ता कार्यक्रमले नेपालको पर्यटन, कला र संस्कृतिको प्रबर्धनमा ठुलो सहयोग हुने विश्वास गरिएको छ l ​ पर्यटकहरुले नेपालबारे जानकारी पाउन भनि ​नेपाली दूताबासले छुट्टै प्रदर्शन कक्ष राखी प्रचार तथा प्रसार सामग्री वितरण गरिएको थियो l

IMG_9729

नेपाली दूताबासमा आएका स्थानीय बासी तथा पर्यटनहरुलाई स्वादिलो नेपाली परिकारका खाना खुवाईएको थियो | पर्यटकहरुले नेपालको बारेमा जान्न पाएकोमा हर्ष लागेको व्यक्त गरेका थिए l नेपालका बिभिन्न गितहरु सडक थर्किने गरि बिहान देखि नै घन काईएको थियो l पर्यटकलाई मनोरंजन गर्न नेपाली नृत्यको प्रस्तुति गरिएको थियो भने स्थानीय नेपाली समुदायका व्यक्तिहरुले नेपाली गितमा उफ्री उफ्री नाचेका थिए l

IMG_9759

प्रदर्शनमा राखिएको मुर्ति, हस्तकलाका सामग्री देखेर नेपाल कला र संस्कृतिमा धनि रहेछ भनि पर्यटकले भ्रमणको क्रममा बताएका थिए l सगरमाथा टिवी युएसएले नेपालको प्रबर्धन सम्बन्धी वृत चित्र श्रब्य दृश्य दिनभरी पर्दर्शन गरेको थियो l

IMG_9686 IMG_9682 IMG_9817 IMG_9815 IMG_9795 IMG_9793 IMG_9781 IMG_9779 IMG_9774 IMG_9772 IMG_9765 IMG_9763 IMG_9761 IMG_9744 IMG_9741 IMG_9720 IMG_9718 IMG_9712 IMG_9709 IMG_9701 IMG_9694 IMG_9688

प्रतिक्रिया