अमेरिकामा नेपाली मूलका पन्थी योजना आयुक्तमा नियुक्त

इनेप्लिज २०७३ वैशाख २४ गते ०:३१ मा प्रकाशित

MADHU P

अमेरीकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको प्रसिद्ध शहर मनासस नजदिक रहेको हेमार्केट शहरको लागि नेपाली मूलका मधु सुदन पन्थी उक्त नगर पालिकाको लागि योजना आयुक्तमा नियुक्त भएका छन् l

नव नियुक्त योजना आयुक्त पन्थीलाई प्रिन्स विलिएम काउन्टी भर्जिनियाको हेमार्केट शहरका नगर प्रमुख डेविड एम लिकले गत अप्रिल २५ तारिख नियुक्त गरेका हुन् l पन्थीले गत मे ४ तारिख आधिकारिक रुपमा सपथ ग्रहण लिएका छन् l टाउन अफ हे मार्केटको लागि पन्थी सहित जम्मा ७ जना योजना आयुक्तमा नियुक्त भएका मध्ये ६ जना अमेरिकन मुलका रहेका छन् l उनि यस पदमा पुग्ने पहिलो नेपाली मुलका बन्ने अवसर पाएका छन् l

उनले आफु नियुक्त भए पछि सामाजिक संजालमा सार्बजनिक गरे पछि उनलाई बधाई दिनेको ऒईरो लागेको छ l यसरि नेपाली मुलका मानिस यति ठुलो पदमा पुग्न पाउनु सबै नेपाली समुदायको लागि गर्वको बिषय भएको छ l

पत्नी ,१ छोरा र १ छोरीका पिता पन्थी झन्डै डेढ दशक देखि हे भर्जिनियाको हेमार्केट क्षेत्रमा बसोबास गर्दछन l हेमार्केटको जनसख्या २०१४ अनुसार २ हजार जति रहेको छ भने सन् २०१० को जनगणना अनुसार करिब ६ सय घर तथा ५ सय जति परिवार रहेको आंकडाले देखाएको छ l उनको क्षेत्रमा करिब ११ प्रतिसत एसियन मुलका रहेका छन् l

झन्डै १५ बर्ष अगाडी अमेरिका परिवार साथ आई पुगेका पन्थी अर्घाखाची गाबिस चिदिका ९ ,मधुखेल गाउँका हुन् l २०४४ सालमा काठमाडौँ आई बिश्व निकेतन उच्च माध्यमिक बाट १० कक्षा उत्रिण गरे पछि २ बर्षको लागि मधुखेल गाउँमा गई समाज सेवामा संलग्न रहे l पन्थी सानै उमेर देखि समाज सेवामा लाग्ने स्वभावको कारण अमेरिका आए पछि पनि त्यो मोह त्यागेनन l फलस्वरूप उनको लगन ,मेहनत ,दुरदृष्टि तथा निस्वार्थ समाज सेवाको कारण डिसी महानगर क्षेत्रको हेमार्केटमा शहरको योजना आयुक्त जस्तो गरिमामय पदमा नियुक्त हुन् सफल भएका छन् l

madhu 5

काठमाडौँको त्रिपुरेश्वरमा चिट्ठा (डिभी)भरेको उनलाई सम्झना छ l चिट्ठा परे पछि उनि अमेरिका आउन पाइएकोमा दंग छन l उनि निकै क्रियाशील रहने हुँदा हे मार्केट दिवसमा उनको बिशेष योगदान रहने उनले बताए l गत बर्ष नेपालमा गएको महाभूकम्पको लागि आर्थिक सहयोग जुटाउन अहम भूमिका रहेको तथा नगर प्रमुख डेविड संग निरन्तर सम्पर्कमा रहेकोले उनको काम बाट प्रभावित भै उनलाई यो पदमा नियुक्त गरेको हो l

madhu 6

अमेरिकाको क्यालिफोर्नियाको सान डिएगोमा केवल ७ महिना बसी भर्जिनियाको हेमार्केटमा बस्दै आएका पन्थी लामो समय देखि डिसी महानगर क्षेत्रमा छन् l डिसी महानगर क्षेत्रका नेपाली गैर मुनाफा सामाजिक बिभिन्न संघ तथा संस्था संलग्न भएता पनि पदको लोभ उनीमा नभएको कारण नेपाली संस्थामा कुनै पनि पदमा उनि छैनन् l केवल समाज सेवाको लागि निस्वार्थ भावनाबाट होमिने पन्थी डिसी महानगर क्षेत्रको क्रियाशील सामाजिक संस्था अमेरिका नेपाली सहयोगी समाजका संस्थापक संरक्षक पनि हुन् l

madhu 4

नव नियुक्त योजना आयुक्त पन्थीले आफु सानै देखि समाज सेवामा लाग्ने भएकोले त्यसलाई अमेरिकामा पनि निरन्तरता दिएको हु l र ,यसरि नगर प्रमुखले नियुक्त गरेकोमा हर्ष लागेको बताए l आफुले आफ्नो जिम्मेबारी बहन गर्न कुनै कसर नछोड्ने भन्दै नेपाल र नेपालीको लागि नाम र प्रतिष्ठा उच्च राख्ने प्रतिबद्धता जाहेर गरे l आफुलाई बधाई दिने सबैलाई यसै संदेश बाट कृतज्ञता दिएका छन् l

madhu 1

प्रतिक्रिया