पदमको गीतमा रोमियन र सक्षमको रोमान्स (भिडियोसहित)

इनेप्लिज २०७३ वैशाख २२ गते १९:४९ मा प्रकाशित

Oli-Prachanda

काठमाडौं । गायक पदम राईको नयाँ गीतको म्युजिक भिडियो यु–ट्युबमार्फत सार्वजनिक गरिएको छ । ‘तिमीले छाडी गएदेखि…’ बोलको आफ्नो गीतलाई उनले भिडियोमा ल्याएका हुन् । यो गीत गायक पदमको पछिल्लो एल्बम ‘यो जन्म–२’ समावेश छ । यसअघि उनले ०७० सालमै ‘यो जन्म’ नामक एल्बम ल्याएका थिए । उक्त एल्बमकै सिरिजका रुपमा ‘यो जन्म–२’ ल्याएको गायक पदमले बताए । ०६९ मा ‘ताप्लेजुङ आइडल’ बनेपछि औपचारिक गायनयात्रामा लागेका पदमको पहिलो एल्बम ‘यो जन्म’ को ‘लुकी लुकी’, ‘राम्री न राम्री तरुनी’लगायतका गीत श्रोता तथा दर्शकले रुचाएका थिए । यो एल्बम उनले करिब तीन वर्षको अन्तरालमा ल्याएका हुन् । एल्बम ‘यो जन्म–२’ को गीत पनि श्रोता तथा दर्शकले रुचाइदिनेछन् भन्ने उनको विश्वास र अपेक्षा राखेका छन् । ‘भर्खरै म्युजिक भिडियो रिलिज गरेको छु’ पदमले भने, ‘भिडियो रिलिज गरेको दुई दिनमै राम्रो प्रतिक्रिया आएको छ । त्यसैले पनि यस गीत र एल्बमप्रति आशा जागेको छ ।’ विनोद खम्बु र राजु श्रेष्ठको शब्दरचना रहेको । ‘तिमीले छाडी गएदेखि…’ गीतलाई विनोद खम्बुले नै संगीत गरेका हुन् । नृत्य निर्देशक गोविन्द राईले निर्देशन गरेको यस भिडियोमा लामो समयदेखि बेलायत बस्दै आएकी रोमियन लिम्बु र सक्षम श्रेष्ठले मोडलिङ गरेका छन् । रोमियन नेपाली चलचित्र ‘नागबेली’मार्फत निर्मात्रीका रुपमा चिनिएकी हुन् । यस गीतको भिडियो रिलिजसँगै उनी अब मोडलका रुपमा समेत चिनिने भएकी छन् । रोमियनले ‘भूपू लाहुरे’ नामक चलचित्रसमेत निर्माण गरेकी छन्, जुन चलचित्र प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया