वाह ! म दिक्षितहरुको देशमा छु

इनेप्लिज २०७३ वैशाख २१ गते १२:०२ मा प्रकाशित

sanjoksimple

 

 

 

 

 

 

 

म दिक्षितहरुको देशमा छु,
थर परिवर्तन गरेर मानव भेषमा छु ।
देशको खबर विश्वमा पुर्याउछु,
राम्रो भाषण गर्छु, मिठो बोल्छु शब्दहरुको जाल बिसाउछु
परिवर्तन गर्न खोज्नेहरुसंग नराम्ररी नै रिसाउछु ।

देशमा विनाशकारी भूकम्प जादा होस् वा प्रलयमा
विश्वका संचारमाध्यमले मेरै कुरा सुन्छन्
राजकीय भ्रमणहरुमा पनि मै अगाडि हुन्छु
लोकतन्त्र मैले नै ल्याएको हो, गणतन्त्र पनि मेरै हो ।
वाह म ! दिक्षितहरुको देश छु,
थर परिवर्तन गरेर मानव भेषमा छु ।

नेपाली शब्दकोषमा म दिक्षित हु
अरु भन्दा शिक्षित हु
भ्रष्टाचार, मानव अधिकार मैले राम्ररी बुझेको छु
जनताको त के कुरा ठूला ठूला नेतालाई नै पाठ पढाएको छु
परराष्ट्र सम्बन्धमा मै अगाडि छु ।

शिक्षामा म आफूलाई सधै सर्वोच्चमा नै राख्छु
हो म दिक्षित हो, अरुभन्दा धेरै शिक्षित हो ।

संचार मेरो अस्त्र हो, शिक्षा मेरो शस्त्र हो
२१ औं शातब्दीको ग्लोबल सोच छ मसंग
त्यसैले त गाउँको पाखा, पखेरा गर्दै खोचसम्म पुग्छु
खोचबाट हिरा निकाल्छु त्यसैलाई बेच्छु र पैसा कमाउछु
भ्रष्टाचारको जबाफ राम्रैसंग दिन्छु
धेरै किताबहरु युरोप र अमेरिकामा नै किन्छु ।
वाह १ म दिक्षितहरुको देशमा छु
थर परिवर्तन गरेर मानव भेषमा छु ।

प्रतिक्रिया