अमेरिकी ड्राइभर्सिटी भिसाको नतिजा आज सार्वजनिक हुँदै

इनेप्लिज २०७३ वैशाख २१ गते ८:५८ मा प्रकाशित

US-2017-Diversity-Visa-DV-Lottery2

पुरुषोत्तम ढकाल, लसएन्जलस, २१ वैशाख । अमेरिकन ड्रिम अर्थात भाग्यमानीहरुले सहजै अमेरिकामा स्थाई बसोबास गर्न पाउने ड्राइभर्सिटी भिसा (इडिभी)को नतिजा आज मंगलबार सार्वजनिक हुँदैछ । अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले आज मंगलबारदेखि २०१७ का लागि इडिभी भरेकाहरु मध्य भाग्यमानीहरुको नाममा अर्थात तपाइंको नाम परेको छ वा छैन इडिभी सार्वजनिक गरिएको नतिजा हेर्न सक्नु हुनेछ । यस अघि ड्राइभर्सिटी २०१७ का लागि गत वर्षको १ अक्टोवरदेखि ३ नोभेम्बर २०१५ सम्म आवेदन खुला गरिएको थियो ।

यो लिंक मार्फत नतिजा हेर्न सक्नु हुनेछ:  https://www.dvlottery.state.gov/

प्रतिक्रिया