कलियुगमा अब छोई नसक्नुको अवस्था भै सकको जस्तो लाग्न थालेको छ l अहिलेका पुस्ता जन्मदै प्रतिभा लिएर धर्तीमा प्रकट हुन् थालेका छन् l उम्रितेको तीन पात भने झैँ काठमाडौँ शुभतारा बिद्यालयका कक्षा ६ मा अध्ययनरत ११ बर्षिय श्रीअंश तिमिल्सिनाको धोको चिकित्सक ,अभियन्ता बिमान चालक बन्ने रहर नभएको खुलाशा गरे l
उनको एकमात्र लक्ष्य नेपाली चलचित्रको नायक ,प्रशिद्ध गायक,व्यंग्य चित्र (कार्टुन )चलचित्र निर्माण गर्ने तथा प्रख्यात नृत्यांगना बन्ने शौक भएको बताए l उनि यो समयमा बाल नमुना(मोडल ) हुदै हिड्न थालेका छन l फुच्चे तिमिल्सिनालाई छायाचित्र खिच्न भ्याई नभ्याई भएको छ l बहु प्रतिभाशाली श्रीअंशलाई मादल ,तबला ,हारमोनियम तथा सारंगी (पियानो) बजाउन सिकाई रहनु पर्दैन l मष्टिश्कले छिटो टिप्ने उनले बताए l
उनि नृत्य गर्न सिपालु छन l अझ मन खोलेर नाच्न पाए भने फ्रीस्टायल (चाहेको जस्तो )नृत्य छान्ने बताए l लोक गीतमा पनि राम्रै झुम्न सक्ने उनले भने l उनलाई मन पर्ने अंग्रेजी सांगीतिक समुह वान डिरेक्सन ,गायक प्रशान्त तामांग र मन पर्ने चलचित्र पान्डा रहेको बताउने श्रीअंश केवल ११ बर्षका छन् l
उनले भर्खर ममी नामक गित बोल भएको गीत गएका छन् l यति हुँदा हुदै पनि छोराको पढाई बिग्रिएला भनि अभिभावकले कुनै रोकतोक नगरेको बताए l पढाईलाई पनि साथ साथ लानु पर्छ भन्ने तिमिल्सिना भाई पढाईको भुस्कुल बिद्यार्थी भने चाही हैनन् l
संगीत बज्ने बितिकै रमाउने भाई श्री अंश डिजे बन्ने पनि ईक्षा छ भने l यति सानो उमेरमा ब्यापार पनि गरि जीवन गुजारा चलाउने उत्तर दिए l ममी नामक गितमा पवित्रा परियार तथा रोहित तिमिल्सिनाको भूमिका रहेको छ l
उनलाई नेपाली चलचित्रका नायक भुवन केसीका छोरा नायक अनमोल केसी मन पर्ने बताए l उन्का तस्बिरहरु इनोभेटिव इन्टरटेनमेन्ट प्रा लि का ब्यबसायिक छायाचित्राकर बिकाश खतिवडाले खिच्ने गरेका छन् l विश्व कीर्तिमानधारी ,मिस टिन नेपाल तथा कलाकार रोमी घिमिरेले श्रीअंशलाई परिक्षणमा सहयोग पुर्याएकी छिन् l श्रीअंशले विश्वमा नेपाल र नेपालीको नाम राखून l अभिभावकले तिमिल्सिनाको भावना बुझी दिउन l श्री अंशले चाहेको जस्तो मनचिन्ते पुरा होस् l
प्रतिक्रिया