यात्राको बाटो

इनेप्लिज २०७३ वैशाख १८ गते ११:२८ मा प्रकाशित

ishwarai-gautam-300x300

मान्छे हाइवे बाटो हो
जहाँ किचाई छ
थिचाई छ र
अलिकति पीड़ा छ
बिरोध छ दुःख छ र
कष्ठ काडॉ छ

जे होस् यात्रा गर्नु नै छ
गन्तब्यको डोरी समातेर
यहाँ आरोह अबरोह धेरै छन
चुनौतिको माझमा उभिएर
हास्नु छ रुनु छ
हिड्नु छ उही पुरानो पथमा

जे होस् यात्रा गर्नु नै छ
गन्तब्यको डोरी समातेर

यात्रामा कहिले निथ्रुक्क भिजिन्छ
कहिले प्रचण्ड घामले रापिन्छ
सड़क पेटिमा लछारीदै
ठेलामठेल गर्दै
सारथी झै लगाम समातेर
यात्रा को बाटो आफै बन्दै जान्छ ।

प्रतिक्रिया