अष्ट्रेलिया उड्नु अघि अनमोलको युवतीलाई सन्देश,‘ जसले पर्खिनसक्छ, उसैसँग विवाह’

इनेप्लिज २०७३ वैशाख १७ गते १७:१५ मा प्रकाशित

8888-555x335

काठमाडौ । कलिउडमा सेक्सको विषयमा अति नै उदार मानिने सदावहार नायक भुवन केसी महिला र सेक्सको विषयमा पटक पटक चर्चामा आईरहन्छन । उनको जीवनमा यो नौलो विषय रहेन । उनै भुवनलाई आफ्नो आईडल मान्ने सुपुत्र यूवा पिढीका लोकप्रिय नायक अनमोल केसीको सेक्स स्क्याण्डल अहिलेसम्म सुन्नमा नआएपनि उनलाई मनपराउने युवतीको भने कमि छैन । उनलाई आई लभ यू भन्ने र प्रेम प्रस्ताव राख्ने युवतीहरुलाई उनी गनेर पनि सक्दैनन् । तर उनी सेक्स र महिलाको विषयमा भने बुबा भन्दा फरक छन । उनी सेक्स र प्रेमलाई फरक फरक विषय मान्छन । उनले अभिनय गरेको पछिल्लो होम प्रोडक्सनको चलचित्र ड्रिम्सको ओभरसिज प्रर्दशनकोलागि अष्ट्रेलिया उड्नु अघि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘ प्रेममा सेक्स आवश्यक छैन ।’ उनी साँचो प्रेममा सेक्सको डिमाण्ड हुनु गलत भएको टिप्पणी गर्छन ।
प्रेमलाई सेक्स मात्र नभई साथ सहयोग, सहकार्य र ब्यक्तित्व विकासको लागि उर्जा भएको भन्दै उनले आफू अहिले सेक्स र रिलेसनमा बस्ने भन्दा पनि करिअर अगाडि बढाउनेमै केन्द्रीत हुने बताए ।
पंक्तिकारको ‘त्यसो भए तपाई भर्जिन ?’ भनि राखेको जिज्ञासामा अनमोलले यतिमात्रै भनेर आफूलाई अलग गरे ‘सेक्स जीवनको बारेमा आवश्यक विषय हो तर म अहिले यसमा धेरै बहस गर्न चाहन्न ।’
करिअरमै केन्द्रीत भएकोले अहिले विवाह गर्न हतार नभएको बताउने अनमोलले आफूसँग विवाह गर्न कसैले प्रस्ताव गरे ‘ सच्चिकै विवाह गर्न चाहेको हो कि होईन बुझेर कुर्न आग्रह गर्छु’ भने ।
आफूलाई साच्चिकै माया गर्नेले पर्खिन सक्नु पर्ने भन्दै उनले त्यसकोलागि ब्यूटी र ब्रेन दुबै भएको र आफूलाई साचो माया गर्ने यूवती हुनु पर्ने सर्त अघि सारे । उनले भने,‘ म कसैको रुप हेरेर होईन, हृदय हेरेर मनपराउँछु ।’
बुबाले बलिउड चर्चित नायक खानहरुसँग आफ्नो छोरालाई दाज्ने गरेको विषयमा आफू अहिले त्यो तहमा तुलना गर्न नसक्ने भन्दै कलिउडमा भने आफूले एउटा स्थान बनाएको दावी गरे ।
नेपाली सिनेमामा बढेको निराशालाई आफ्नो ड्रिम्स फिल्मको सफलताले तोडेको दावी गर्दै अहिले नेपाली यूवाहरु सिनेमा घरमा गएर फिल्म हेर्ने अवस्थामा पुगेको र त्यसमा आफ्नो भुमिका रहेको दावी गरे ।
अनमोलले भने,‘ फ्यानहरुले भेट्दा मेरो कामको प्रशंसा गर्छ । यसले मलाई सानो उमेरमै धेरै योगदान गरे जस्तो लाग्छ । मेरो उमेरका साथीहरु कलेज पढीरहेका छन तर मैले समाजमा यो स्थान बनाएको छु, म गर्व गर्छु ।’
लगाउने मामिलामा त्यती धेरै चुजि नभएको बताउने उनी आफूलाई जे कम्फरटेवल हुन्छ त्यही लगाउन मन पर्ने बताउँछन ।
नेपाली चलचित्र उद्योगमा आफ्नै बुबालाई सुपरस्टार नायक मान्ने अनमोलको मनपर्ने नायिका भने गौरी मल्ल हुन । बलिउडमा भने उनको आईडल ऋतिक रोसन र नायिका जेसिका हुन ।
केक र चकलेट पारखी अनमोल मदिराको तलमा नभए पनि कहिले काही साथी भाईहरुसँग मन राख्न पिउने गर्दछन । उनी भन्छन,‘ म मदिरासँग एडिक्ट छैन तर सोसल ड्रिंक्स गर्छु ।’
उनका आईडल बुबा भुवन केसीले विभिन्न समयमा विभिन्न दलमा प्रवेश गरेर राजनीति गर्ने गरेको भए पनि अनमोललाई भने बुबा जस्तो राजनीतिमा जाने कुनै चाहना छैनन । उनी भन्छन,‘ मलाई राजनीति गर्ने कुनै चाहना छैन, आई हेट पोलिटिक्स ।’
लामो समयदेखि छुट्टीएर बसेका बुबा र आमालाई फेरि एक ठाँउमा ल्याउन प्रयास गरिरहेको बताउने केसी दुबैलाई एक ठाँउमा ल्याउने आफ्नो चाहना रहेको सुनाए ।
अनमोलले भने,‘ बुबा र आमाको मलाई बरावरी माया छ तर उहाँहरु सँगै बस्न चाहनु हुन्न म के गरौ । अहिले भर्खरै पनि मेरो आमासँग कुरा भयो तर बुबा कुरा गर्न नै चाहनु हुन्न म के गरु ? तर म पुर्नमिलनकोलागि प्रयास गरिरहेको छु । मेरो प्रयास एक दिन सफल हुने छ र उहाँहरु मसँगै रहनु हुने छ ।’

प्रतिक्रिया