सिडिओकै अगाडि यी महिला बोल्दा-बोल्दै डाँको छोडेर रोएपछि…

इनेप्लिज २०७३ वैशाख १७ गते १७:०६ मा प्रकाशित

२०७२ मङ्सिर २८ गते वैदेशिक रोजगारीको शिलशिलामा संयुक्त अरब इमिरेट्स युएईमा निधन भएका झापाको राजगढ–८ का २१ वर्षीय प्रकाश राजवंशीकी दिदी ललिता राजवंशी । उहाँको भाइ कसरी विदेश जानुभयो ? र, एजेन्टले कसरी ठग्यो भन्ने विषयमा बोल्दा–बोल्दै मन्तव्य थाल्नु भएकी उहाँको पीडानुभूतिका शब्द-शब्दले सबैलाई स्तब्ध पारेको छ । झापाको कनकाई सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गाको सभाहलमा झापाली समाज युएईले आर्थिक सहयोग वितरण गर्न कार्यक्रमको आयोजना गरेको थियो । त्यही कार्यक्रममा उहाँले यस्तो वेदना पोख्नु भएको हो । तर, प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल चाहिँ राजवंशी बोल्नुभन्दा अगाडि नै बाहिरिनु भयो । बोल्दा-बोल्दै डाको छाड्नु भएकी राजवंशीको पीडा कार्यक्रमका प्रमुख जिल्ला अधिकारी भुजेलले सुन्न पाउनु भएन । तर, प्रश्न अझै पनि बाँकी छ कि, झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल ज्यू अभियुक्तलाई कारबाही हुन्छ ? के प्रकाशकी बुढी आमाले आफ्नो जीवन छँदै न्यायानुभूति गर्न पाउनु हुन्छ ?

प्रतिक्रिया