कबिता , समय

इनेप्लिज २०७३ वैशाख १३ गते १४:४२ मा प्रकाशित

ishwarai-gautam-300x300

भावना बिहीनहरुको भीड़मा
मानब जीवन चोइटीएको छ
टुक्रा टुक्रा भइ सड़क गल्लीमा
फयाकिएको छ जीवन
खै कस्लाई के थाहा
हाम्रै जीवन यहाँ साटीएको छ ।

समय हुइकिएको छ फेसन झै आधुनिक बनेर
तेहि भेट्न दौड़दै लडको छ मान्छे घाइते बनेर
किन एस्तो हतार तिमीलाई
गईंन्छ एक दिन मरेर ।

तिमी मारेनी ऊनि मरेनी यहाँ
मानबता मरेको छ
अधुनिकताको नाममा यहाँ
सारा मानब जीवन सडेको छ
समयको खेल हो की
मानबकै झेल हो
पृथ्वी नै बिनास गर्ने होड़ चलेको छ
कस्तो समय तिमी
सधै टुलुटुलु हेरिदिने

प्रतिक्रिया