कार्ल मार्क्सको जन्मभुमिमा नयाँ शक्ति नेपालको अन्तरिम परिषद गठन

इनेप्लिज २०७३ वैशाख ११ गते १३:४२ मा प्रकाशित

news on Belzium (1)-page-001

जर्मनी । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल जर्मनीमा विस्तार भएको छ । शनिबार फ़्रैंकफ़र्टको ग्योथे विश्वविद्यालयको कन्फरेन्स हलमा सम्पन्न प्रथम भेलाले पवन लामिछानेको संयोजकत्वमा नयाँ शक्ति जर्मनीको २३ सदस्सीय अन्तरिम परिषद् घोषणा गरेको हो । भेलामा जर्मनीका सबै जसो मुख्य शहरहरुबाट (बर्लिन, ह्यामबर्ग, म्युनिख, क्लोन) प्रतिनिधिहरुको सहभागिता थियो । भेलालाई पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका केन्द्रिय सयोजक डा. बाबुराम भट्टराईद्वारा स्काइप मार्फत सम्बोधन गरिएको थियो । संयोजक चयन भएका लामिछानेले जर्मनी कार्ल मार्क्सको मातृभूमि भएकोले मार्क्सबाद र नेपालको समसामयिक राजनीतिको बारेमा छोटो मन्तब्य दिँदै ‘जसरी मार्क्सले फ्रेन्च समाजवाद, बेलायती अर्थशास्त्र तथा जर्मन दर्शनशास्त्रको मिश्रणबाट त्यो काल खण्डलाई मध्यनजर गर्दै मार्क्सबादको बिकास गरे, तेही मर्म अनुसार अहिले उपलब्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्य र अनुभवको आधारमा परिस्थितिको माग अनुसार नेपालको लागि नयाँ शक्तिको जन्म भएको’ भन्नुभयो । भेलामा नयाँ शक्ति बेलायतका संयोजक भोला काफ्लेको पनि सहभागिता थियो ।

अन्तरिम परिषदका सदस्यहरुको नामावली: पवन लामिछाने – Frankfurt सानुभाई अधिकारी- Limburg (Lahn) मोहम्मद जावेद अख्तर – Berlin घनश्याम  कुँवर – Gotha बिनय बिस्ट – Berlin महेश  श्रेष्ठ – Kiel, Hamburg शेर राई – Nürnberg टोप लाल पान्डे – Uelzen, Hamburg गोकर्ण  पुरुष  ढकाल – Berlin किरण अधिकारि – Bremen प्रभात किरण गेलाल – Berlin लिला अधिकारी – Elz, Hessen निरेश ढकाल – Magdeburg रबिन्द्र उप्रेती – Munich भानु भक्त खरेल – Kiel, Hamburg समिर कुमार श्रेष्ठ –  Frankfurt कृष्ण घिमिरे – Nürnberg थम प्रकाश छन्त्याल –  Hamburg सिमल धिमाल – Cologne रबिन महर्जन – Frankfurt जीवन ढकाल – Frankfurt ललित सिंह – Munich धर्मराज रानाभाट – Düsseldorf

प्रतिक्रिया