विश्वप्रसिद्ध गायक तथा संगीतकार प्रिन्सको निधन

इनेप्लिज २०७३ वैशाख ११ गते १:०१ मा प्रकाशित

hanuman-Zee

लसएञ्जलस, १० वैशाख । अमेरिकाका गायक तथा संगीतकार प्रिन्सको निधन भएको छ । उनका प्रवक्ताका अनुसार ५७ वर्षीय प्रिन्सको आफ्नै निवास मिन्नेसोटामा निधन भएको हो । बिहीबार आफ्नै निवासमा रहेका प्रिन्सको ‘मेडिकल इमरर्जेन्सी’बारे प्रहरीलाई जानकारी गराइएको थियो । सन् ८० को दशकमा १९९९, पर्पल रेन, साइन ओ द टाइम्स जस्ता चर्चित एल्बमका कारण उनी विश्व प्रसिद्ध भएका थिए । उनको एक करोड भन्दा धेरै गीतहरु बिकिसकेका छन् । गायन, संगीतकार तथा अन्य बाद्य क्षेत्रमा माहिर प्रिन्सका ३० भन्दा धेरै एल्बम छन् । उनको सबैभन्दा लोकप्रिय गीतमा ‘लेट्स गो क्रेजी’ तथा ‘वेन डब्स क्राई’ रहेका छन् । गत हप्ता स्टेजमा गीत गाउँदै गर्दा उनको स्वास्थ्यमा समास्या आएको थियो । त्यसलगत्तै अस्पताल लगिएका उनको स्वास्थ्यमा सुधार आएको जनाइएको थियो । एजेन्सी

प्रतिक्रिया