अमेरिकाका नेपाली यस कारण हिलारी क्लिन्टन राष्ट्रपति भएको देख्न चाहन्छन ?

इनेप्लिज २०७३ वैशाख १० गते १:०९ मा प्रकाशित

FotoFlexer_Photo.jpg 1

अहिले अमेरिकामा चर्चा र परिचर्चाको शिखरमा रहेको बिषय भनेको नै राष्ट्रपतिको उम्मेद्वारहरुको प्राथमिक चुनाबले सबैलाई ध्यानाकर्षण गराएको छ l अधिकांशलाई चुनाबको ज्वरो आएको छ l उम्मेद्वारहरुको प्रतिस्प्रधात्मक संघर्ष , जित र हारको गणितीय हिसाब किताबको रणनीति ,कथा र व्यथा खुबै चर्चामा रहेका छन् l

आफ्नो दल बाट आधिकारिक उम्मेद्वार बन्नको लागि कुनै कसर नछोडी संघर्षको मैदानमा अहोरात्र खटिई रहेका छन् l र २४ सै घण्टा गणितीय हिसाब किताबमा अल्झिरहेका छन् l सुक्ष्म रुपमा काममा तल्लिन छन् l मतदाता संग प्रत्यक्ष भेटघाटलाई तेज पर्दै आफ्नो पक्ष आफुलाई मतदान गर्न जोडतोडका साथ लागि परेका छन् l

रिपब्लिकन दलको तर्फ बाट डोनाल्ड ट्रंप अग्रपंक्तिमा छन् भने डेमोक्रेटिक दलको तर्फबाट पूर्व विदेश मन्त्रि हिलारी क्लिन्टन तथा बर्नी स्यानडर्सको निक्कै प्रतिस्प्रद्धा देखिएको छ l क्लिन्टन र स्यानडर्स दुवै उतिकै सशक्त उम्मेद्वारका रुपमा अमेरिकी नागरिकलाई छाप छोड्न सफल भएका छन् l तर क्लिन्टन अहिले सम्मको दौडमा अगाडी देखिएकी छिन् l

अमेरिकाका बिभिन्न राज्यहरुमा बसोबास गर्दै आएका दर्जनौ नेपाली समुदायका बुद्धिजीवी संग आगामी नोबेम्बरमा हुने निर्वाचनमा कुन उम्मेद्वार भावी राष्ट्रपति बन्छ भन्ने राखिएको जिज्ञासामा हिलारी क्लिन्टन राष्ट्रपति भएको देख्न चाहेको कारण यसरि उनीहरुले आफ्नो विचार पोखेका छन् l

उनीहरुको भनाई जस्ताको तस्तै : झन्डै ३ दशक देखी अमेरिकाको फ्लोरिडामा बस्दै आएका केनी पाण्डेले डोनाल्ड ट्रंप भनेको नेपालको नानि मैया दाहाल जस्तै हुन l लहरै लहरमा अग्रपंक्तिमा आएका छन् l तर आफु हिलारी क्लिन्टन राष्ट्रपति भएको हेर्न मन लागेको बताउदै क्लिन्टन योग्य ,सक्षम र अनुभव भएकोले क्लिन्टन राष्ट्रपति बन्ने आफुलाई लागेको बताए l

यसै गरि नर्थ क्यारोलिनामा बस्दै आएकी प्रख्यात उपन्यासकार तथा चिरहरण उपन्यास कि उपन्यासकार निलम कार्की निहारिकाले आफु महिला आरक्षणको पक्षमा नभएको भन्दै हिलारी क्लिन्टन अरु पुरुष जस्तै योग्य भएकोले क्लिन्टन नै राष्ट्रपति हुन् भन्ने चाहना रहेको बताइन l उनिमा केहि कमि आफुले नदेखेको भन्दै यस्ता व्यक्तित्वलाई जिताउनु पर्ने कुरा राखिन l

सिकागोमा लामो समय देखि ब्यबसायमा संलग्न रहेका तथा समाज सेवी बाला घिमिरेले स्पष्ट कुरा राख्दै यस पटक हिलारी क्लिन्टन आउनु पर्छ भन्ने कुरा राखे l उनले अगाडी भने बर्नी स्यानडर्स उतिकै राम्रा हुन् तर हिलारी संग अनुभव र उनले आफ्नो नेतृत्वको प्रमाण गरि सकेकोले क्लिन्टन राष्ट्रपति बन्ने छिन् भने कुरामा आफु बिश्वस्त रहेको बताए l घिमिरेले व्हाइट हाउस बाट राष्ट्रपति स्वयम् सेवा पदक समेत प्राप्त गरेका छन् l

यसै गरि न्यु जर्सीमा बसोबास गर्दै आएकी महिला अधिकारकर्मी तथा सामाजिक कार्यकर्ता बिष्णु माया परियारले अमेरिका अहिले सम्म महिला राष्ट्र पति कहिले नहुन सकेको अवस्थामा रहेकोले यस पटक उनि जस्तो योग्य र होनाहार उम्मेद्वारले जित्नु पर्ने कुरा राखिन l उनको सक्षमताको प्रमणित उनले गरि सकेकी छिन् भन्दै उन्का नीति,कार्यक्रम तथा उनका दर्शन बाट आफु प्रभावित भएकोले उनलाई मतदान गर्ने र जिताउने योजना रहेको बताईन l

नेपाल दमक घर भै लामो समय देखि क्यालिफोर्नियाको लस एन्जेलसमा बस्दै आएका अमेरिका नेपाल पत्रकार संघकासचिब , क्यालिफोर्निया बाट संचालित बिधुतिय पत्रिका हिमाली पोस्ट तथा पाथिभरा एफ.एम का संस्थापक अध्यक्ष सुदिप पन्तले आफु पूर्ण हिलारी क्लिन्टनको पक्षमा भएको बताए l अर्को महा मंगलबार हुने निर्वाचन तथा अन्यमा खुलेर हिलारी क्लिन्टनको समर्थनमा मैदानमा उत्रिने बताए l क्लिन्टन एक दर्शन भएकी र अत्यन्तै सक्षम भएकीले आफ्नो मत उनलाई जाने बताए l

यसै गरि धादिंग नेपालका र हाल अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्दै आएका उद्यमी ,ब्यबसायी ,युएस च्याम्बर्स अफ कमर्सका संस्थाका सल्लाहकार तथा स्वतन्त्र लेखक सानु बाबु सिलवालले अब यस पटकको प्राइमरि छनौटको सम्भावना डेमोक्रेटिक दलबाट पुर्ब प्रथम महिला, पुर्ब सिनेटर र पुर्ब बिदेश मन्त्रि हिलारि किलिन्टन छानिने लगभग प्रस्ट भएको बताए l

ससारकै शक्तिशालि, प्रजातान्त्रिक, खुल्ला अर्थतन्त्र,अबसर र सपनाको भुमि अमेरिकाकै सबैभन्दा ठुलो पद राष्ट्रपतिमा पुग्न गम्भिर, तार्किक, कुटनितिक र शक्ति सन्तुलनको क्षमता बोकेको ब्याक्ति हुनुपर्दछ l अमेरिकि जनता यसैमा बिस्वास र घमण्ड गर्दछन।

यस सबालमा ट्रम्प सक्षम छैनन भन्नेमा अमेरिकि जनता सजग छन र रिपब्लिकन दल आफैमा ट्रम्पका हातमा शक्ति सुम्पदा दल र मुलुक नै सकटमा पर्नेमा चिन्तित देखिन्छन। प्रबासिहरुको माया,अर्थतन्त्रको बिस्वासिलो आधार, शक्ति सन्तुलनको क्षमता र मुलुकको नेत्रित्वको गम्भिरतालाइ हेर्दा हिलारिको बिकल्प देखिएन । अन्यथा नभएमा अमेरिका कै इतिहासमा प्रथम महिला राष्ट्रपति र एकै घरका बुढाबुढि राष्ट्रपति भएको इतिहास पनि रचिनेमा दुइमत देखिदैन भनि कुरा प्रष्ट राखे l

प्रतिक्रिया