म्युजिक भिडियोमा राज गर्दै जान्वी

इनेप्लिज २०७३ वैशाख ८ गते १२:४० मा प्रकाशित

janwi bohara10

काठमाडौं/ रंगमञ्चबाट टेलिश्रृंखला, दुई दर्शन  म्युजिक भिडियो, केहि ब्यवसायीक बिज्ञापन, चलचित्रमा  अभिनय गरकी    जान्वी बोहरा म्युजिक भिडियोमा जम्दै आएकी छिन् । उनले अभिनय गरेको म्युजिक भिडियोहरुले एक पछि अर्को गर्दै दर्शकको मन जित्दै आएको छ । जान्वी एक दशक देखी अभिनय क्षेत्रमा सक्रिय रहेकी  छिन् । दर्शकको मन जित्दै आएकी जान्वीले अभिनय गरेको चित्त मेरो मनको गीतको भिडियो सार्वजनिक भएको छ ।

janwi bohara33

सार्वजनिक भएको थोरै समयमा गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । उनको अभिनयलाई दर्शकले खुलेर प्रशंसा गरेका छन् ।   जान्वी बोहरालाई अभिनयमा साथ प्रेम र रितुले दिएका छन् । यस गीतमा स्वर  इरा न्यौपानेको रहेको छ  भने शब्द प्रेम न्यौपाने र संगीत प्रेमिराको  रहेको छ । राजेन्द्र पाण्डेको निर्देशनमा तयार भएको भिडियोलाई ज्ञानेन्द्र शर्माको छांयाकन रहेको छ । म्युजिक भिडियोको सम्पादन पाण्डेको नै रहेको छ । फलो फोकसले बजार ब्यवस्थापन गरेको छ ।

janwi bohara7 janwi bohara6 janwi bohara5 janwi bohara3 Janwi Bohara2

प्रतिक्रिया