विवादमा तानियो सैनिक श्रीमती संघ, सोनाक्षी र मलाइकालाई ल्याएर नचाउने

इनेप्लिज २०७३ वैशाख ७ गते १:२७ मा प्रकाशित

sonakshi-sinha-768x576

काठमाडौं, ७ वैशाख । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेझैँ नेपाली सेनाको श्रीमती संघले भूकम्पपीडितको नाममा आगामी जेठ १ गते सैनिक मञ्च टुँडिखेलमा विशाल ‘कन्सर्ट’ गर्दैछ । ‘अमर पंक्षी’ नाम दिइको उक्त कन्सर्टका लािग लाखौँ खर्च गरेर बलिउडका कलाकार सोनाक्षी सिन्हा, मलाइका अरोरा खानलगायतका कलाकारलाई आमन्त्रण गरिएको छ । सैनिक श्रीमती संघले ६० हजारभन्दा बढी दर्शकलाई मनोरञ्जन दिन उक्त कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रमबाट उठेको रकम भूकम्पपीडितको सहयोगार्थ खर्च गरिने बताएको छ । कार्यक्रमका लागि विभिन्न बैंकबाट करोडौँ प्रायोजन गरिएको छ । नेपालका विभिन्न वाणिज्य बैंकमा सैनिक कल्याणकारी कोषको करीव दुई खर्ब रुपियाँ डिपोजिट रहेको बताइन्छ । तिर्न बैंकहरू यस कार्यक्रमका प्रमुख प्रायोजक रहेका छन् ।

Malaika-Arora

गत वैशाख १२ गते गएको भूकम्पमा नेपाली सेनाले निकै उत्कृष्ठ काम गरेको थियो । नेपाली सेनाले गरेको उद्धारको कामलाई विदेशका अन्य सेनाहरूले पनि निकै प्रशंसा गरेको थियो । तर, दुर्भाग्य भूकम्प गएको एक वर्ष हुन लाग्दासमेत पीडितहरूले सरकारबाट आवास निर्माणका लागि सहयोग पाउन सकेका छैनन् । भूकम्पपीडित र पुनर्निर्माणका लागिविभिन्न देश र दातृ संस्थाले खर्बौं रुपियाँ सहयोग गर्ने बचन दिएका छन् । सरकारले पुनर्निर्माण र पीडितको राहतको कामलाई प्राथमिकतामा राखेको छ । पुनर्निमाण कार्यअगाडि बढाउने काम गरेको छ । दृष्टि साप्ताहिकले समाचार छापेको छ । तर, यही बेला सैनिक श्रीमती संघले भूकम्पपीडितका नाममा यस्तो नौटंकी किन गर्नुप-यो भन्ने प्रश्न आमजनतामा उठेको छ । भूकम्प गएको एक वर्ष पछाडि गरिन लागेको यो ‘कन्सर्ट’ भूकम्पपीडितका लागि ठूलो व्याङ्ग्य हो । सरकारी कोषमा जम्मा भएको रकमसमेत खर्च हुन नसकेको अवस्थामा सैनिक श्रीमती संघले ‘कन्सर्ट’ गरेर कति घर परिवारलाई अवासको व्यवस्था गरिदिने हो भन्ने कुरा पनि उल्लेख छैन । भूकम्पपीडितको नाममा धेरैले व्यापार गरेजस्तै रकम उठाउने माध्यामका रुपमा ‘कन्सर्ट’ गरिनुलाई सेनाको सस्तो लोकप्रियता ठानिएको छ । यसअघि २०७१ सालमा पनि श्रीमती संघले भारतीय कलाकार मोहित चौहानलाई ल्याएर यस्तै नौटंकी गरेको कुरा आलोचनाको विष्या बनेको थियो । अहिले भूकम्पपीडितको नाममा गर्न लागिएको यस नौटंकीको पनि सेनाभित्र आलोचना हुन थालेको छ । भूकम्पको समयमा उद्धार कार्यमा जनताबाट स्यावासी पाएको नेपाली सेना, तिनका श्रीमती संघका कारण विवादमा आउनु राम्रो कुरा होइन ।

प्रतिक्रिया