नेपाल र नेपाली भाग्यमा गरिबी मात्र लेखेको छ ?

इनेप्लिज २०७३ वैशाख ५ गते २२:२४ मा प्रकाशित

 

DEV KHANAL

हामी नेपाली हौ हाम्रो सस्कृति, धर्म, सस्कार बिस्वको उत्कृस्ट सभ्यतामा पर्दछ l बिस्वको प्राकृतिक सम्प्रधाको भण्डार र प्राचिन कालिन मन्दिर बाट प्रस्ट हुन्छ हाम्रो समाज पूर्ण रुपमा बिकसित थियो l सिता माताको आदर्श , गौतम बुद्ध जस्तो ज्ञानी पुरुष नेपाली माटोका प्रेरणा हुन् उनीहरु बाट दिएको ज्ञानलाई वास्तविक रुपमा ग्रहण गर्न सकेको भए आज हाम्रो देशको हालत यस्तो हुने थिएन ल नेपाल र नेपाली जनताले भोग्नु परेको संकट र दुखलाई हेर्ने हो भने हाम्रो जिबनको सार्थकता छैन l

आज बिस्व समुदाय बैज्ञानिक युगको मस्तीमा रमाई रहेको अवस्थामा हामी राजनैतिक दोंद्धमा पिल्सिएका छौ त् कहिले छिमेकि भारतको नाका बन्दि बाट संकटको सामना गर्नु परेको छ l के हामी नेपाली जनता कुनै एक चतुर व्यक्ति वा राजनैतिक पार्टीको हतियार मात्र हौ जसले प्रयोग गरे पनि स्वीकार्य हुने l नागरिक समाजका अगुवा र राजनैतिक पार्टीहरुले हाम्रो सामाजिक सद्भाव देखि राज्यको राजनैतिक अवस्थालाई सधै प्रयोगशाला बनाउदा सम्म नेपाली जनताले निरही बनेर बस्नु पर्ने बद्यता किन ?

हामी नेपाली हुनमा गौरब गर्छौ भने हाम्रो देशलाई गौरबशाली बनाउने सहमतिमा किन तयार छैनौ l के नेपाल र नेपाली भाग्यमा गरिबी मात्र लेखेको छ ? मुठी-भर व्यक्तिको घटिया सोचको कारण आज मुलुकमा सान्ति अमनचैन छैन l देशमा रोजगार नभएको कारणले आज दैनिक बिस हजार युबा बिदेश पलायन हुदै छन् l आफु सग भएको जाय- जेथा लाई चर्को ब्याजमा धितो राखी सुनौलो भबिस्यको खोजीमा बिदेश जानु पर्ने बाध्यता छ भने कामको शिलशिलामा चर्को गर्मि सहन गर्नु पर्ने , उचित ज्याला नपाउने , प्रयाप्त प्राबिधिक ज्ञान,शिपको कमीले गर्दा ज्यान जोखिममा मात्र होइन मृत्यु बरणको समाचारले मस्तिकमा चोट पुगेको आभास हुन्छ l भाग्यको खोजीमा खाडी मुलुकमा अहोरात काम गरेर आफ्नो परिबारको सपनालाई साकार बनाउन गएको छोरा बन्द बाकसमा लाशको रुपमा बुज्नु पर्दा परिबारमा कति चोट लागेको हुन्छ यो अकल्पनीय घडीलाई समाजका आगुवा नेताले बुज सकेका छैनन् l

हामी नेपाली जनताको सरल भावनामा प्रहार भएको छ ! हामी नेपाली जनता कुनै व्यक्ति वा राजनैतिक पार्टीको चंगुल बाट बाहिर ननिस्के सम्म मुलुकमा दिगो सान्ति हुने छैन l राजनैतिकरुपमा गणतन्त्र सम्म आइ पुग्दा सम्म नेपाली जनताको दुख अझै जस्ताको तस्तै छ l सिमित राजनैतिक पार्टीका व्यक्तिहरु नेपाली जनतालाई प्रयोग गरि आफु जिबन शैली लाई अमेरिकन जिबनको हाराहारीमा व्यतित गरेका छन् l नेता पजेरो ,पाडो गाडीमा सवार गर्छ जनता एक छाक पेटभरी खान छैन l

एक गर्भवती आम आफ्नु शिशुलाई जन्म दिन नसकेर अकाल मृत्यु हुनु परेको घटना, एक बालक स्कुल जानु पर्ने बेलामा कसैको घरमा भाडा माज्नु पर्ने बद्यता , समयमा औषधि उपचार नपाएर बुडा पिता ,आमाले प्राण त्याग्नु पर्ने बद्यता , नदि तर्न लाई तुइनमा झुन्दिएर नदि पार गर्नु परेको बाध्यता , देश बन्द हड्ताल बाट समयमा अस्पताल पुग्न नपाएर ज्यान गुमाउनु परेको बद्यता , स्वस्छ पिउने पानीको अभाब , प्रयाप्त बिजुली नभएको कारण जनता अन्धकारमा बस्नु पर्ने बाध्यता हुदाहुदै मन्त्रि वा प्रधानमन्त्रिले दौरा, सुरवाल , कालो टोपीमा सजिएर पजेरो ,पाडो गाडीमा सवार गरेको देखादा हेर्दा सम्म पनि घिन लाग्छ l हामी नेपाली जनता एक जुट नभए सम्म मुलुकमा सान्ति आउने कल्पना सम्म गर्न बेकार छ l

जय नेपाल !!

प्रतिक्रिया