अमेरिकामा चीरहरण बिमोचन

इनेप्लिज २०७३ वैशाख ५ गते २०:४५ मा प्रकाशित

neelam 7

आख्यानकार नीलम कार्की निहारिकाको उपन्यास चीरहरणको अमेरिकाको नर्थक्यारोलिनामा ,पाच जना जेष्ट आमाहरुबाट सार्बजनिक भएको छ | महाभारतकालिन कथा भित्र पसेर लेखिएको चीरहरणमा , सत्यवती देखि द्रोपदीसम्म पुग्दा नारीका तमाम सामाजिक बिबसता , भोग्नु परेको हिसा साथै धृतरास्ट्रहरुको सिंहासन मोह , सकुनी सड्यन्त्र , राजनैतिक दाउपेच , र महायुद्द जस्ता घटनामा बर्तमान समय पनि भेट्न सकिन्छ |

लेखिका भन्छिन ‘कुन्तीको पुत्र त्याग होस् या द्रोपदीको चीरहरण आजका पनि साझा घटना हुन् | दिनहु जसो समाचार बनेका, बेबारिसे अबस्थामा भेटिने नब शिशु र बलत्कारका घटनाहरु यिनका प्रमाण हुन् |त्यतिमात्र होइन राज्यकै पनि चीरहरणको विसंम अबस्था बारे संकेत गरेको छ |

neelam 1

द्वापर युगको एनामा कलियुग नियालिएको छ | उपन्यास साग्रिलाले प्रकासन गरेको हो | बैशाखको दोस्रो साताबाट नेपाल अधिराज्य भर उपलब्ध हुने जानकारी प्राप्त भएको छ |

छ कक्षामा अध्ययन गर्दा आमा सिर्सकको कबिता बाट लेखन आरम्भ गरेकी नीलम कार्की निहारिकाको कलम मुख्यतया कविता ,कथा र उपन्यास विधामा चल्ने गर्दछ | रास्ट्रिय स्तरका कबिता प्रतियोगिताहरुमा पुरस्कृत हुदै अघि बढेकी निहारिका कथामा पनि सिद्द हस्त मानिन्छन | कविता संग्रह नीलम कार्की निहारिकाका कविता र लामो कविता ब्रेन फिभर ,कथा संग्रहहरु -हवन ,कागजमा दस्तखत र बाल मनोविज्ञानमा आधारित बेली प्रकासित छन |

neelam 4

बिगत नौ बर्स देखि भने अमेरिकामा रहेर कलम चलाई रहेकी निहारिकाको पछिल्लो प्रकासन अर्की आइमाई उपन्यास पनि चर्चाको सिखरमा रह्यो |

FotoFlexer_Photo

प्रतिक्रिया