नायक जीवन लुइँटेलको आँखा सम्पदाको बैसमा परेपछि…

इनेप्लिज २०७३ वैशाख ४ गते १३:१४ मा प्रकाशित

Marriage-gorkha-768x517

काठमाडौं । नेपाली गीत संगीतका पारखिहरुका लागि गायक राम धिमालको सुमधुर स्वरमा रहेको आधुनिक गीतको भिडियो सार्बजनिक भएको छ । ‘कति टिप्छौ ऋतुका फूलहरु, बोल रहेको गितको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो । नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको म्युजिक भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् । चल्तीका नायक जीवन लुईटेल र सम्पदा बानियाँको अभिनय रहेको सो गितमा स्वयम् धिमालले संगित भरेका छन् । शब्द भने विरेन्द्र राईको रहेको छ । युगल पोमुको कोरियोग्राफी, अमृत सुनुवारको छायाङ्कन, निशान घिमिरेको सम्पादन रहेको म्युजिक भिडियो लाइक नेपाल डट कमले बजारमा ल्याएको हो । गायक धिमालले यस अघि समेत लोक दोहोरी एल्बम, धिमाल भाषाको गीति एल्बम लगायत दर्जनौ गितमा स्वर दिई सकेका छन् ।

हेर्नुस् भिडियोः –

प्रतिक्रिया