नेपालीले चाहेको काम, दाम, माम पाउने उन्नति मुलक सिंगो नेपाल मात्र हुन्

इनेप्लिज २०७३ वैशाख ४ गते १०:४७ मा प्रकाशित

tsewang sherpalama 1

नेपालमा थोरै पेसेवार राजनैतिक बाहुनक्षेत्रि नेताहरुको राजनैतिक स्वार्थले गर्दा बहुसंख्यक सर्बसाधारण बाहुनक्षेत्रिहरुले पनि दुख पाई रहेका छन् I धेरै बाहुनक्षेत्रिहरुको जीवन देशमा खेतालो, भरिया र बिदेशमा नोकर गर्ने पेसाहरु मै बितेका छन् I जागिरे बाहुनक्षेत्रिहरु पनि आजकाल बिदेशिएका छन् l नेपालीबाट अब गैर नेपाली भै सकेका छन् I गाउँ, पहाडमा जुत्ता समेत नभाका कति बाहुनक्षेत्रिहरु गोरु जोत्नेहरु छन्, कति बाहुनक्षेत्रिहरुका महिलाहरु र बालबच्चाहरु मल सोर्ने र भाडा माझ्नेहरु छन् ति त आफनो ठाउँमा छँदैछ I

काठमान्डौमा पढ्दा, म संग चिनजान भएका महिनौ मासु खाना समेत नपाएका कति लुरे बाहुनक्षेत्रि बिद्यार्थी मित्रहरुले पहाडबाट मेरो आमाले मलाई पठाउनु भएको गोरुको सुकुटी माँगेर मै संग खाँदै आफ्नो भोक मेटाएका थिए ति दिनहरु मलाई अझै याद छ I

तिनै लुरे बाहुनक्षेत्रि मित्रहरु मध्ये एकादुई जना अहिले गाई नै नेपालको रास्ट्रिय जनावर हुनु पर्छ भन्दै नेतागिरी गरिरहेका छन् I यी माथिका अर्थहरूमा, नेपालको राज्यसत्ता थोरै पेसेवार राजनैतिक बाहुनक्षेत्रि नेताहरुले एकलौटी चलाएर सर्बसाधारण बाहुनक्षेत्रिहरुको जीवनस्थरमा खासै उन्नति र प्रगति भएको देखिंदैन I

शाह परिवारलाई २५३ बर्ष नेपालको हिन्दु राजा भनाएर पनि नेपालमा बहुसंख्यक सर्बसाधारण बाहुनक्षेत्रिहरुको जीवनस्थरमा कुनै आहा भन्ने स्थिति भएन I कोहि सर्बसाधारण बाहुनक्षेत्रिहरु “हाम्रो हिन्दु राजा, हाम्रो हिन्दु राज्य” भन्ने नाराको एउटा मानसिक असन्तुलन रोग भोकेरै निम्न स्तरीय जीवन बिताउन बाध्य भएका छन् I

बहुसंख्यक सर्बसाधारण बाहुनक्षेत्रिहरुले बागमति र बिष्णुमतिको महिलो पानीमा नुहाएर रामनाम जप्ने मौका बाहेक अन्य प्रगति गर्न सकेका छैनन I हिन्दुहरुको पबित्र धार्मिक मन्दिरहरु, जस्तै पशुपति र गुजेस्वरीको फोहर दुर्गन्ध त्यस्तै छन् I बाँकी देशबरिको हिन्दु मन्दिरहरुको अवस्था देख्दा नेपाली भएकै नाताले बुद्धिस्ट नेपालीहरुले पनि सरम मान्नु पर्ने स्थिति रहेको छ I छोटकरीमा भन्नु पर्दा, नेपालको राजा हिन्दु भएर, नेपाल हिन्दु राज्य भनाएर उही २% पेसेवार राजनैतिक बाहुनक्षेत्रि नेताहरुको मस्ति थियो, सर्बसाधारण बाहुनक्षेत्रिहरुको लागि भने दैनिक जीवन चलाउन पनि सास्ती नै थियो I

नेपालमा दलितहरु र हिन्दु महिलाबर्ग लाई सामाजिक अन्या गर्ने संस्कार पनि पुजारी बाहुनक्षेत्रिहरुले नै भनाएको थियो I मान्छेलाई कुकुर भन्दा तलको सामाजिक व्यवहार हुँदा पनि नेपालमा दलितहरुले सामाजिक न्यायको निमित्त आफैले खासै कुनै बिद्रोह गरेको देखिंदैन I हामि दलित भयौ भनेर सहनुभुति मात्रै ओसारेको देखिन्छ I हिन्दु महिलाहरुलाई हिन्दु समाजले दिएको उच्च सम्मान भनेको गाईको स्थर मात्रै देखिएको छ I

नेपालमा बाहुनक्षेत्रिले जनजाति र मधिसेहरु माथि अन्याय गरेको छ भन्ने कुराहरु पनि व्यवहारमा ९०% भ्रमहरु मात्र हुन I सर्बसाधारण बाहुनक्षेत्रिले जनजाति र मधिसेहरु माथि अन्याय गरेको हैन र छैन I बाहुनक्षेत्रिहरुको चतुराई व्यवहारहरु र बढी जसो चिप्लो, चिल्लो कुरा गर्ने बानि भाकोले जनजाति र मधेसीहरुले “फटाहा ” देख्नु र जनजातिहरुको एकोहोरो व्यवाहारहरुलाई बाहुनक्षेत्रिहरुले “सोझा” देख्नु, त्यो आफ्नो ठाउँमा छँदैछ I दुवै बाहुनक्षेत्रिहरु र जनजातिहरुलाई, चिनजान नहुन्जेल सम्म मधेसीहरु भारते मुलका जस्तो देख्नु एउटा देखाईको खोट मात्रै हो I यथार्थमा, पेसेवार राजनैतिक बाहुनक्षेत्रि नेताहरुले मात्र जनजाति र मधिसे नेताहरुलाई कालान्तर दबाई राख्न सफल भएका छन् I सत्ता-कुर्शी लडाईको यो समस्य जनजाति र मधिसे नेताहरु कै मात्र प्रमुख समस्य हो ! I

नेपाल बिगार्नेहरुमा बहुसंख्यक पेसेवार राजनैतिक बाहुनक्षेत्रि नेताहरु थिए भने पेसेवार राजनैतिक जनजाति र मधिसे नेताहरु पनि कम थिएनन I पेसेवार राजनैतिक बाहुनक्षेत्रि नेताहरुमा कुर्शी शक्तिको लागि अनेक असुबिधाहरु सहन सक्ने क्षमता देखिन्छ I पेसेवार राजनैतिक जनजाति र मधिसे नेताहरु आफु कोहि पनि राज्य सरकार व्यवस्था परिबर्तनको लागि आफै मर्न चाहंदैनन I पेसेवार राजनैतिक बाहुनक्षेत्रि नेताहरु बाट सत्ता कुर्शी खोस्न यो लडाई पेसेवार राजनैतिक जनजाति र मधिसे नेताहरुले नै मैदानमा लड्नु पर्दछ I मुलुकमा हड्ताल, बन्द, नाकाबन्दि, आन्दोलनमा मर्ने र मारिनेहरु सर्बसाधारण जनताहरु मात्रै हुन्छन I पेसेवार राजनैतिक नेताहरु कोहि मर्न तैयार छैनन र कोहि मारिन्दैनन पनि I मुलुकमा हड्ताल, बन्द, नाकाबन्दि, आन्दोलनले सर्बसाधारण नेपाली जनताहरुलाई मात्र सास्ति पुर्याएको छ I हड्ताल, बन्द, नाकाबन्दि, आन्दोलनले पेसेवार राजनैतिक बाहुनक्षेत्रि, जनजाति र मधिसे नेताहरु कोहि, कसैलाई, कुनै कस्ट सहनु परेको छैन I

हामि नेपाली बाहुनक्षेत्रि, जनजाति र मधिसे समुदयहरुमा एकले अर्कालाई घृणा, रिस र झलन गर्ने मनस्थिति दुवै खाले पेसेवार राजनैतिक नेताहरुले रोपेका भिषहरु मात्र हुन् I बाहुन, जनजाति र मधिसे नेताहरु सबैले हामि नेपाली जनताहरुको बानि बिगार्न सफल भए, र बिगारी रहन सफल छन् I सैदान्तिक, धार्मिक, भौगोलिक, संस्कृतिक, पारिवारिक, जातिया आदि ईत्यादी मानसिकतामा हामि नेपाली जनताहरु हाम्रै “आफ्नो” नेताहरुको दास हुने बानि भयौ र निरन्तर रहेको छ I

हाम्रो नेपालमा राजनैतिक नेता हुनु भनेको एउटा ब्यवसय (पेसा) रहेको थियो र निरन्तर छ I हरेक पेसामा लगानी, कमाई र फाईदाको सोच रहे जस्तै राजनैतिक नेताहरु पनि लगानी, कमाई र फाईदा कै सोचले राजनीति गर्दछन, नेता भन्दछन् I राजनैतिक नेताहरुले गर्ने लगानी भनेको समय खर्चिनु र बेईजत्ति सहनु नै हुन I राजनैतिक नेताहरुले गर्ने कमाई भनेको हामि जनताहरुमा आक्रोस रोप्दछन्, आक्रोस उमार्छंन र आक्रोस फ़ैलाउछन I हामी नेपाली जनतामा रोपेको, उमारेको आक्रोस मुलुकमा फैलाएर, आफु सत्ताशक्तिमा पुगे पछि नेताहरुले आफ्नो फाईदा गर्न सुरु गर्दछन I मुलुकमा जति आक्रोस फैलिंदै जान्छ त्यतिनै हाम्रा नेताहरुले आफ्नो ब्यबसाय पेसा) मा नाफा भनाउने सुबर्ण अवसर पाएका हुन्छन I

हामि नेपाली जनताहरुको बानि नेताहरुको लागि चन्दा दिन्छौ, भोट दिन्छौ, प्रणाम गर्छौ, स्वागत गर्छौ, तालि बजाउंछौ I नेताहरु जति फटाहा,भ्रस्टचार, देशद्रोही नै भए पनि आफ्ना नेताहरुलाई दुई थप्पड दिने हामि कुनै नेपाली जनताहरुको बानि पनि थिएन र आँट पनि छैन I हामि सबै जातजातिका नेपाली जनताहरुको बानि, आफुलाई सुबिधा, फाईदा देखियो र भेटाइयो भने कुनै पनि राजनैतिक सिद्दान्त र नेताहलाई समर्थन गर्छौ र आफुलाई सुबिधा र फाईदा देखिएन भने सबैको बिरोध गर्छौ I हामि नेपाली जनताहरुको बिग्रेको बानिलाई हतियार भनाएर नेताहरु आफ्नो सत्ताशक्ति जोगाउन र खोस्न चाहन्छन I हाम्रा नेताहरु सत्ताशक्ति जोगाउन र खोस्न कै लागि मात्र नेपालमा राजनैतिक परिबर्तन चाहन्छन I

संसारको सानो, ठुलो, अबिकासित, बिकासित, गरिब, धनि, अप्रजातान्त्रिक, प्रजातान्त्रिक, अशिक्षित, शिक्षित, एकलजाति, बहुजाति, धार्मिक, बहु-धार्मिक, धर्म-निरपेक्ष्य सबै राष्ट्रदेखि सकेका छौ I जुन सुकै मुलुकमा पनि आखिर जनताले खोजेको काम, दाम र माम नै रहेछ I नेपालमा पनि हिन्दु, बुद्दिस्ट, मुस्लिम , क्रिस्चियन सबै जातजातिका नेपाली जनताहरुले चाहेका आवस्यकताहरु भनेको काम, दाम, माम नै मात्र हुन् I

राजतान्त्रिक, राष्ट्रबादी , प्रजातान्त्रिक, कम्निस्ट, समाजबादी, केन्द्रिय, संघियता, पहिचान स्वायत्ता आदि ईत्यादी सबै खाले संबैधानिक रास्ट्रहरु पनि देखि सकेका छौ I जुन सुकै रास्ट्रका जनताले आखिर चाहेको कुरो, कानुन समान कार्यन्वायन हुने, शान्त र प्रगतिमुलका राष्ट्र नै रहेछ Iनेपालमा पनि पाखुरी दसेर, पसिना चुहाएर, देशमै बसेर , मेहनत गरेर दैनिक जिवन बिताउने सबै जातजातिका सर्बसाधारण नेपाली जनताहरुले चाहेका सिम्पल चाहानाहरु भनेको; कानुन समान कार्यन्वयन हुने, धर्म-निरपेक्ष, सबै जातजातिका संस्कृति र भाषा संरक्षित उन्नति मुलक सिंगो नेपाल मात्र हुन् I

प्रतिक्रिया