सडक दुर्घटनामा मृत्यु

इनेप्लिज २०७३ वैशाख ३ गते ६:३० मा प्रकाशित

Road Accidentकाठमाडौँ, ३ वैशाख । स्थानीय वनस्थलीस्थित ढुङ्गेधारा अगाडि गए राति भएको दुर्घटनामा सामाखुसीका ४० वर्षीय मानव वाइवाको मृत्यु भएको छ ।

बा४८प ४५४० नंको मोटरसाइकलमा सवार वाइवालाई बा१ज ९४६६ नंको माइक्रोबसले ठक्कर दिँदा गम्भीर घाइते भएकामा उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि बसेका ३५ वर्षीय विकास वाइबा पनि दुर्घटनामा परी घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार माइक्रोबसका चालकलाई पक्राउ र दुर्घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही सुरु गरिएको छ ।

प्रतिक्रिया