यादवद्वारा अग्निपीडितलाई राहत

इनेप्लिज २०७३ वैशाख ३ गते ५:५३ मा प्रकाशित

इनरुवा, ३ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सुनसरी जिल्ला भोक्राहा गाविसका अग्निपीडित परिवारलाई राहत वितरण गर्नुभएको छ ।

यादवले बिहीबार भोक्राहाका अग्निपीडित प्रतिपरिवारलाई एक/एक बोराका दरले २१ बोरा चामल वितरण गर्नुभएको यादवका सहयोगीले बताएका छन् । यादवले घटनास्थलको निरीक्षण गर्नुहुँदै सहयोग र राहत वितरणपछि पीडितको बासस्थान तथा आवासका लागि सरकारलाई सहयोग गर्न आग्रह गर्नेसमेत बताउनुभयो । शनिबार सुनसरीको भोक्राहा गाविसमा आगलागी हँुदा २१ परिवारका ६५ वटा घर जल्दा एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया