अम्रिकामा उल्टो प्रेम (कविता)

इनेप्लिज २०७३ वैशाख २ गते २२:२१ मा प्रकाशित

sanjoksimple

 

 

 

 

 

 

 

म ढेडो गुन्द्रुकको कुरा गर्छु,
तिमी पिञ्जा चाहिन्छ भन्छौ ।
म रोदीघरको कुरा गर्छु,
तिमी डिस्को जान्छु भन्छौ ।
म त्यो डाँडा पाखा, पखेरा, खोला किनारको कुरा गर्छु,
तिमी समुन्द्रमा अर्धनग्न हुन्छु भन्छौ ।
म पूर्वको कुरा गर्छु,
तिमी पश्चिमको कुरा गर्छौ ।

म तिम्रो मुस्कानको कुरा गर्छु,
तिमी मेरा इच्छाहरुको कुरा गर्छौ ।
म जीवन बिताउने कुरा गर्छु
तिमी जवानी लुटाउने कुरा गर्छौ ।
म पूर्वको कुरा गर्छु
तिमी पश्चिमको कुरा गर्छौ ।।

म तिम्रो मायाँ चाहिन्छ भन्छु
तिमी वियर, वाईन र ह्वीस्की कहाँ पाईन्छ भन्छौ ।
म घर जोड्ने कुरा गर्छु,
तिमी घर फोड्ने कुरा गर्छौ ।
म पूर्वको कुरा गर्छु,
तिमी पश्चिमको कुरा गर्छौ ।।।

म त्यो सस्कृति, रितिरिवाजको कुरा गर्छु
तिमी धन, सम्पक्ति र औकातको कुरा गर्छौँ ।
म अमेरिकन भएर पनि तिमीसंग नेपालीमा कुरा गर्छु,
तिमी नेपाली भएर पनि मसंग अग्रेजीमा कुरा गछौँ ।

म पूर्वको कुरा गर्छु
तिमी पश्चिमको कुरा गर्छौै ।।

प्रतिक्रिया