सप्तरीको बजेट चार अर्बभन्दा बढी

इनेप्लिज २०७३ वैशाख १ गते २:५० मा प्रकाशित

सप्तरी, १ वैशाख । जिल्ला विकास समिति सप्तरीले आर्थिक वर्ष २०७३÷७४ का लागि चार अर्ब ६४ करोड ५४ लाख ५९ हजार ५८१ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

राजविराजस्थित जिविस सभाहलमा आयोजित २२औँ जिल्ला परिषद्मा सो बजेट प्रस्तुत गरिएको हो । प्रस्तावित बजेटमध्ये जिविसतर्फको कुल रकम रु एक अर्ब ३६ करोड ३२ लाख १६ हजार २७५, पुँजीगततर्फ रु ७४ करोड ९१ लाख २६ हजार ५५० र विषयगत कार्यालयतर्फ कुल रु दुई अर्ब ४७ करोड ९५ लाख ७३ हजार ८१२ छुट्याइएका छन् ।

यसमध्ये चालुतर्फ रु ३१ करोड तीन लाख ९१ हजार ११० र पुँजीगततर्फ रु दुई अर्ब १६ करोड ९१ लख ६९ हजार ४०० छुट्याइएका छन् ।

यस्तै, चालुतर्फ रु १९ करोड, ९३ लाख २६ हजार ५०० र पुँजीगततर्पm ६० करोड ३३ लाख ४२ हजार ९१७ प्रस्तावित गरिएको छ । गत आवका लागि गत वर्ष पाँच अर्ब पाँच करोड ७१ लाख १९ हजार ७३८ को बजेट प्रस्तुत गरिएको थियो । गत वर्षको भन्दा ४१ करोड यस वर्षको बजेटमा कम भएको बताइएको छ ।

जिल्ला परिषद्को उद्घाटन जनआन्दोलन–३ मा सहिद भएका सप्तरीको भारदह–१ निवासी पहिलो सहिद राजीव राउतकी श्रीमती निलमदेवी राउतले मङ्गलबार गर्नुभएको थियो ।

प्रतिक्रिया